शुक्रबार, माघ ११ गते २०८१    
शुक्रबार, माघ ११ २०८१
images
images

बाढीपीडितलाई सघाउँदै रोशी गाउँपालिका

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, मंसिर २ २०८१
images
images
बाढीपीडितलाई सघाउँदै रोशी गाउँपालिका
फाइल तस्बिर

विद्कोषमा २ करोड ८० लाख रुपैयाँ विनियोजन गर्दै आवश्यकताअनुसार पीडितलाई प्रदान गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष दिनेश लामाले जानकारी दिए।

images
images

काभ्रेपलाञ्चोक- रोशी गाउँपालिकाले बाढीपीडितलाई सघाउन चालु आर्थिक वर्षको बजेट संशोधन गरेको छ। जाडोयाम सुरु भइसकेकाले गाउँपालिकाले तत्काल बाढीपीडितलाई सहयोग गर्न गाउँसभाको विशेष अधिवेशनले बजेट व्यवस्थापन गरेको हो। 

images
images
images

गाउँसभाको १५औँ अधिवेशनले विपद्कोषमा २ करोड ८० लाख रुपैयाँ विनियोजन गर्दै आवश्यकताअनुसार पीडितलाई प्रदान गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष दिनेश लामाले जानकारी दिए। सहायता रकम  क्षतिग्रस्त भौतिक पूर्वाधार निर्माणमा खर्च गरिने छ। 

images

उक्त पालिकामा बाढीपहिरोमा परी १२ जनाको ज्यान गएको थियोभने चार सय ८२ घरमा पूर्ण र आठ सय ८३ घरमा आंशिक क्षति भएको थियो।

images
images
images

यसैगरी दुई हजार पाँच सय ४४ परिवारको खेतबारीमा पनि क्षति भएको थियो। बाढीले एक सय ६० खानेपानी आयोजना, एउटा पक्की पुल, छ सय ४७ विद्यालय, चार स्वास्थ्य केन्द्र, १० शय्याको अस्पताल, चिस्यान केन्द्र र औद्योगिक ग्राममा नोक्सानी भएको थियो। रासस


प्रकाशित : आइतबार, मंसिर २ २०८११०:०४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend