आइतबार, मंसिर ९ गते २०८१    
images
images

जनशक्ति अभावले बन्द हुन थाले घरेलु उद्याेग, दर्ता गर्नेभन्दा लगत कट्टा गर्नेको सङ्ख्या बढी

images
शनिबार, मंसिर १ २०८१
images
images
जनशक्ति अभावले बन्द हुन थाले घरेलु उद्याेग, दर्ता गर्नेभन्दा लगत कट्टा गर्नेको सङ्ख्या बढी
फाइल तस्बिर

गत आवमा ४६ उद्योग दर्ता भएका छन् भने ६७ उद्योगको लगत कट्टा गरेका कार्यालयका प्रमुख पारसिंह थापाले जानकारी दिए।

images
images

बागलुङ- जनशक्ति अभावले जिल्लाका घरेलु तथा साना उद्योग बन्द हुन थालेका छन्। गत आर्थिक वर्ष २०८०/८१ मा उद्योग दर्ता गर्नेभन्दा लगत कट्टा गर्नेको सङ्ख्या बढी देखिएको हो।

images
images
images

बढ्दो बसाइँसराइ, शिक्षा तथा रोजगारीका लागि विदेश पलायनलगायत कारणले जनशक्ति अभाव भइ जिल्लाका उद्योगहरू बन्द हुन थालेका जिल्लास्थित पर्यटन तथा उद्योग कार्यालयको तथ्यांकले देखाउँछ। 

images

गत आवमा ४६ उद्योग दर्ता भएका छन् भने ६७ उद्योगको लगत कट्टा गरेका कार्यालयका प्रमुख पारसिंह थापाले जानकारी दिए। उनका अनुसार गत आवमा सात उत्पादनमूलक, १५ कृषि तथा वनजन्य, ६ पर्यटनसम्बन्धी उद्योग, १८ सेवामूलक गरी ४६ वटा उद्योग दर्ता भएका छन्। 

images

एक वर्षमै ६७ वटा उद्योगहरु भने बन्द भएको जानकारी थापाले दिए। उनका अनुसार उत्पादन मूलक ११, कृषि तथा वन जन्य १८ उद्योग, पर्यटनतर्फ १७ उद्योग, सेवामुलक २१ वटा उद्योगले लगत कट्टा गरेका छन्। 

'बसाइँसराइ र वैदेशिक रोजगारीको प्रभावले घरेलु तथा साना उद्योग बन्द हुनेक्रम बढेको हो। साथै अनुदान तथा आर्थिक गतिविधि देखाउन दर्ता गर्ने र पछि बन्द गर्नाले पनि उद्योगको सङ्ख्या घटेको हो', प्रमुख थापाले भने, 'वाणिज्यतर्फ फर्म दर्ता गर्ने बढी छन्।'

एकसय चार फर्म दर्ता हुँदा ८८ को लगत कट्टा गरिएको उनले बताए। उनका अनुसार अहिले पर्यटन तथा उद्योग कार्यालयमा तीन सय १८ उद्योग र चार सय ७२ वाणिज्यतर्फका फर्म नवीकरण भएका छन्। रासस


प्रकाशित : शनिबार, मंसिर १ २०८११५:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend