शुक्रबार, माघ ४ गते २०८१    
शुक्रबार, माघ ४ २०८१
images
images

कागेश्वरी मनोहरामा गुइँठा र कम्पोष्ट मल बिक्रीबाट उठेको रकमले बेवारिसे गाईबाच्छाको संरक्षण गरिँदै

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, कात्तिक ३० २०८१
images
images
कागेश्वरी मनोहरामा गुइँठा र कम्पोष्ट मल बिक्रीबाट उठेको रकमले बेवारिसे गाईबाच्छाको संरक्षण गरिँदै

बेवारिसे गाईबाच्छा संरक्षण अभियानलाई कागेश्वरी मनोहरा नगरपालिकाले निःशुल्क पशु एम्बुलेन्स उपलब्ध गराएपछि सडकबाट बेबारिसे गाईबाच्छाको उद्धारमा पनि सहयोग पुगेको छ।

images
images

काठमाडौं- कागेश्वरी मनोहरा नगरपालिका-८ स्थित गोठाटारमा गुइँठा र कम्पोष्ट मल बिक्रीबाट उठेको रकमले बेवारिसे गाईबाच्छाको संरक्षण गरिँदै आएको छ।

images
images
images

पशुपति क्षेत्र विकास कोषले निःशुल्क दिएको करिब एक सय रोपनी जग्गामा अभियानकर्मीहरूको समूहले सडकमा छाडिएका बेवारिसे गाईबाच्छा जम्मा गरी आश्रय दिएका छन्।

images

बेबारिसे गाईबाच्छाको संरक्षणका लागि गुइँठा र कम्पोष्ट मल बिक्रीबाट जम्मा हुने रकमबाट पनि सहयोग पुगेको अभियानकर्मी भगवान् पुडासैनीले बताए। 

images
images
images

गोठाटारमा हाल करिब दुई सय गाईबाच्छा संरक्षण गरिँदै आएको छ। बेवारिसे गाईबाच्छा संरक्षण अभियानलाई कागेश्वरी मनोहरा नगरपालिकाले निःशुल्क पशु एम्बुलेन्स उपलब्ध गराएपछि सडकबाट बेबारिसे गाईबाच्छाको उद्धारमा पनि सहयोग पुगेको छ।

बेवारिसे गाईबाछा संरक्षण अभियानले सडकमा अलपत्र छोडिएका गाईबाछाको उद्धारमात्र गरिरहेको छैन, माटो बचाउ अभियानलाई समेत योगदान पुर्‍याइरहेको छ। उच्चस्तरीय कम्पोष्ट मलको उत्पादन र बिक्री वितरण पनि गर्दै आइरहेको छ। यसका साथै गोेबरबाट गुइँठा उत्पादन गर्दै बिक्री वितरण गरिरहेको पनि उनले सुनाए।

प्रति १० गुइँठाको एक सय रुपैयाँ तथा मल प्रतिकेजी २५ रुपैयाँमा बिक्री भइरहेको छ। यसबाट प्राप्त हुने रकमबाट गाईबाच्छाको संरक्षणमा थोरै भए पनि योगदान पुगेको स्थापनाकालदेखि गाई गोठको संयोजन गर्दै आएका अभियानकर्मी उत्तम पुडासैनीले बताए। अभियानले गुइँठा र कम्पोष्ट मलको आवश्यकता पर्नेलाई घरमै लगिदिने व्यवस्था गरिएको पनि उनले जानकारी गराए।

गुइँठाको धुवाँले प्रकृति विनाश गर्दैन, डेङ्गीबाट बच्न र बचाउन घर परिसरमा गुइँठा बाल्नु उपयुक्त हुन्छ भने कौशीखेती वा करेसाबारीका लागि अग्र्यानिक मल प्रयोग गर्दा विषादीरहित अग्र्यानिक उत्पादन हुने गरेको जनाइएको छ। रासस


प्रकाशित : शुक्रबार, कात्तिक ३० २०८११०:३९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend