आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

१७ वस्तुको नयाँ गुणस्तर र ३ वटाको गुणस्तर परिमार्जन प्रस्ताव स्वीकृत

images
शुक्रबार, कात्तिक ३० २०८१
images
१७ वस्तुको नयाँ गुणस्तर र ३ वटाको गुणस्तर परिमार्जन प्रस्ताव स्वीकृत

बैठकले गरगहना, पानी, माटो परीक्षणसँग सम्बन्धित आइएसओबाट निर्धारित अन्तर्राष्ट्रिय गुणस्तरअनुरुप परिक्षण विधिका गुणस्तर स्वीकृत गरेको छ।

images
images

काठमाडौं- नेपाल गुणस्तर परिषद्ले विभिन्न १७ वस्तुको नयाँ नेपाल गुणस्तर तथा तीन वटा वस्तुको हाल कायम रहेका नेपाल गुणस्तर परिमार्जन गर्ने प्रस्ताव स्वीकृत गरेको छ।
     
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको अध्यक्षतामा आज बसको परिषद्को ११३औँ बैठकले विभिन्न १७ वस्तुको नयाँ नेपाल गुणस्तर तथा तीन वस्तुको हाल कायम रहेका नेपाल गुणस्तर परिमार्जन गर्ने प्रस्ताव स्वीकृत गरेको हो।
     
हाल विकसित नयाँ प्रविधि र उच्च गुणस्तरका सामग्रीको बजार मागका आधारमा हाल कायम रहेका गुणस्तरलाई परिमार्जन गरी पारित गरेको नेपाल गुणस्तर तथा नापतौल विभागका प्रवक्ता प्रभातकुमार सिंहले जानकारी दिए।
 
प्रवक्ता सिंहका अनुसार बैठकले गरगहना, पानी, माटो परीक्षणसँग सम्बन्धित आइएसओबाट निर्धारित अन्तर्राष्ट्रिय गुणस्तरअनुरुप परिक्षण विधिका गुणस्तर स्वीकृत गरेको छ। 

images
images
images

विभागको प्राविधिक समितिले गुणस्तर पारित गर्ने उद्योग तथा वस्तुको प्राविधिक अध्ययन गरी परिषद्मा पठाउने गर्दछ। परिषद्को सदस्य सचिव विभागका महानिर्देशक हुने प्रावधान छ।

images
images

विभागका महानिर्देशक ज्योति जोशी भट्टले विभागको प्राविधिक समितिले पारित गरेका गुणस्तरलाई मन्त्रीको अध्यक्षतामा रहेको गुणस्तर परिषद्मा पठाइने र सोही परिषद्ले अध्ययन गरी पारित गर्ने प्रावधान रहेको जानकारी दिइन‍्। 

images
images


प्रकाशित : शुक्रबार, कात्तिक ३० २०८११०:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend