आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

आईटी उद्योगमार्फत रोजगार सिर्जना गर्न सकिन्छ : सञ्चारमन्त्री गुरुङ

images
बिहीबार , कात्तिक २९ २०८१
images
आईटी उद्योगमार्फत रोजगार सिर्जना गर्न सकिन्छ : सञ्चारमन्त्री गुरुङ

मुलुकलाई डिजिटल बनाउने उद्देश्यको सुरुवात स्थानीय निकायका सरकारी काम प्रविधिमैत्री बनाइ सुरु गरिने उनले बताए।

images
images

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी तीन वर्षभित्र तीन लाख युवालाई ‘आईटी’ उद्योगमार्फत रोजगारी सिर्जना गर्न सकिने बताएका छन्।

images
images
images

आज यहाँ लिभिङ विथ आइसिटिले आयोजना गरेको ‘स्टार्टप एन्ड आइडिया फेस्ट २०२४’ उद्घाटन गर्दै मन्त्री गुरुङले आईटी उद्योग विकासमा सरकारसँगै निजी क्षेत्रकोसमेत उत्तिकै सहयोगको अपेक्षा गरे।

images
images

उनले पहिलो वर्ष नीति परिमार्जन गर्दै दोस्रो वर्ष बजेट व्यवस्थापन गरी आईटी क्षेत्रमा आवश्यक काम थालनी गर्ने बताए। यसका लागि सरकारले ‘एआई’ नीति ल्याउने, आईटी पूर्वाधार तयार पार्ने, बजेट विनियोजन गर्ने लगायतका योजना रहेको उनले जानकारी गराए। 

images
images

आफ्नै कार्यकालमा काठमाडौंमा आईटी पार्क र ज्ञान पार्क (नलेज पार्क) निर्माण गर्नेसमेत प्रतिबद्धता जनाए। मुलुकलाई डिजिटल बनाउने उद्देश्यको सुरुवात स्थानीय निकायका सरकारी काम प्रविधिमैत्री बनाइ सुरु गरिने उनले बताए।

'स्थानीय तहबाट डिजिटल नेपाल सुरु गर्छौँ, बिस्तारै व्यापक बनाउदै लैजान्छौँ', उनले भने, 'डिजिटल नेपाल बनाउने भनाइ र गराइ एकातिर भइरहेको छ। यसलाई सुधारेर नीतिगत व्यवस्था, पूर्वाधार निर्माण र योजनाबद्ध शैलीमा सूचनाप्रविधिको विकास थालनी गर्दैछौँ।'

कार्यक्रममा आईटी काउन्सिलका अध्यक्ष अजितकुमार साहले सरकारले हाल सूचनाप्रविधिको क्षेत्रमा गर्दै आएको कामलाई निरन्तरता दिन सकेमा सफलता हासिल गर्न सकिने बताए।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का सचिव रवीन्द्र ढकालले युवालाई स्वदेशमा टिकाउन प्रोत्साहन आवश्यक भएको बताउदै यसका लागि औद्योगिक प्रतिष्ठानको सहकार्य जरुरी रहेको बताए। 

चेम्बर अफ कर्मसका सदस्य पंकज जलनले नीतिगत सुधार गरेर सरकारले युवालाई स्वदेशमै टिकाउने रणनीति ल्याउन आवश्यक रहेको बताए। ‘डिजिटल पेमेन्ट’मासमेत भ्याट लाग्दा प्रविधि प्रयोगकर्ता हतोत्साही भएको उल्लेख गर्दै उनले भ्याट हटाउन सरकार समक्ष अनुरोध गरे। पूर्वमन्त्री गणेश साहले नेपालमा आईटी हबको सम्भावना प्रशस्त भएको बताउँदै बेरोजगारी समस्या कम गर्न सकिने चर्चा गरे। 

लिभिङ विथ आईसीटीका अध्यक्ष राजन लम्सालले सरकारको डिजिटल फ्रेमवर्क उद्देश्य पूरा गर्न डिजिटल पूर्वाधार निर्माण, नीतिगत सुधारसँगै असल शासन आचरण पालना गर्न सुझाव दिए। शुक्रबारसम्म सञ्चालन हुने स्टार्टप एन्ड आइडिया फेस्टमा विभिन्न आईटीसम्बन्धी नवीन कार्य प्रदर्शनीमा राखिएका छन्। रासस


प्रकाशित : बिहीबार , कात्तिक २९ २०८११६:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend