शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

सुनको मूल्यमा लगातार गिरावट, पाँच दिनमा ६ हजार पाँचसय रूपैयाँले घट्यो

बिहीबार , कात्तिक २९ २०८१
सुनको मूल्यमा लगातार गिरावट, पाँच दिनमा ६ हजार पाँचसय रूपैयाँले घट्यो

बिहीबार सुनको मूल्य प्रतितोला दुई हजार दुईसय रूपैयाँले घटेको छ भने चाँदी प्रतितोला ३५ रूपैयाँले सस्तिएको छ।

काठमाडौं- नेपाली बजारमा यो साता बिहीबार पनि सुनको मूल्य प्रतितोला दुई हजार दुईसय रूपैयाँले घटेको छ।

बुधबार प्रतितोला एक लाख ६२ हजार दुईसय रूपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार प्रतितोला एक लाख ६० हजार रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यो साता लगातार ओरालो लागिरहरेको सुनको मूल्य बिहीबारसम्म तोलामै ६ हजार पाँचसय रूपैयाँले घटेको छ।

आइतबार प्रतितोला पाँचसय रूपैयाँले घटेको सुनको मूल्य सोमबार प्रतितोला एक हजार र मंगलबार एकैदिन प्रतितोला दुई हजार चारसय रूपैयाँको गिरावट आएको थियो भने बुधबार प्रतितोला चारसय रूपैयाँले घटेको थियो।

बुधबार प्रतितोला १५ रूपैयाँले बढेको चाँदीको मूल्य पनि बिहीबार प्रतितोला ३५ रूपैयाँले घटेको छ।

महासंघका अनुसार बिहीबार चाँदी प्रतितोला एक हजार ९ सय ५ रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : बिहीबार , कात्तिक २९ २०८१११:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend