आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

धितोपत्र बोर्ड अध्यक्षका लागि पुनः तीन जनालाई अन्तर्वार्ताका लागि बोलाइयो

images
बिहीबार , कात्तिक २९ २०८१
images
धितोपत्र बोर्ड अध्यक्षका लागि पुनः तीन जनालाई अन्तर्वार्ताका लागि बोलाइयो

व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि मंसिर ९ गते बिहान ८ बजे बोलाइएको हो। यसअघि असोज १८ गते अन्तर्वार्तामा बोलाइए पनि अन्तिम समयमा स्थगित भएको थियो।

images
images

काठमाडौ- नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि तीनजना आवेदकलाई अन्तर्वार्तामा बोलाइएको छ।

images
images
images

बाेर्ड अध्यक्ष सिफारिस समितिले सूचना जारी गर्दै उक्त पदको लागि छनोट सूचीमा परेका नवराज अधिकारी, चिरञ्जीवी चापागाईँ र कृष्णबहादुर कार्कीलाई अन्तर्वार्तामा बोलाएको हो।

images
images

व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि मंसिर ९ गते बिहान ८ बजे बोलाइएको हो। यसअघि असोज १८ गते अन्तर्वार्तामा बोलाइए पनि अन्तिम समयमा स्थगित भएको थियो।

images
images

यसअघि सर्टलिस्टमा परेर पनि अन्तर्वार्ता तथा कार्यप्रस्तुतिमा सहभागी नभएका उक्त तीनजना उम्मेद्वारलाई फेरि कार्यप्रस्तुति तथा अन्तरवार्ताका लागि बोलाइएको हाे।

छनोटको सूचीमा परेका अर्का उम्मेद्वार सन्तोषनारायण श्रेष्ठले नयाँ प्रक्रिया सुरु गर्ने कानूनी व्यवस्था नभएको भन्दै सर्वोच्च अदालतमा मुद्दा हालेका थिए।

सर्वोच्च अदालतले नयाँ प्रक्रिया सुरु नगर्न आन्तरिक आदेश दिएको थियो। अदालतको आदेशपछि पुरानै प्रक्रियाबाट अध्यक्ष नियुक्ति गर्न उक्त तीनजना उम्मेद्वारलाई अन्तरवार्ताका लागि बोलाइएको हो।

 


प्रकाशित : बिहीबार , कात्तिक २९ २०८१११:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend