आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

तीन महिनामा १ सय ९९ नयाँ उद्योग, ८९.५ प्रतिशत साना प्रकृतिका

ठूला उद्योगमा लगानीकर्ताको छैन उत्साह

images
बिहीबार , कात्तिक २९ २०८१
images
तीन महिनामा १ सय ९९ नयाँ उद्योग, ८९.५ प्रतिशत साना प्रकृतिका

नयाँ दर्ता उद्योगमध्ये ८९.५ प्रतिशत उद्योग साना उद्योग छन्। विभागका अनुसार १ सय ७८ वटा साना उद्योग दर्ता भएका छन्। यसैगरी ठूला प्रकृतिका ११ वटामात्रै नयाँ उद्योग दर्ता भएका छन्।

images
images

काठमाडौं- उद्योगी व्यवसायीहरूमा लगानीको उत्साह दिनप्रतिदिन घट्दो छ। साना प्रकृतिका केही नयाँ उद्योग दर्तामा उत्साह देखिए पनि ठूला तथा मझौला प्रकृतिको उद्योगमा लगानीकर्ताको उत्साह देखिएको छैन। अधिक तरलता हुँदा पनि ठूला उद्योग दर्तामा सुधार भएको छैन। 

images
images
images

भएकै उद्योग व्यवसाय राम्रोसँग नचलिरहेको समयमा उद्योगी व्यवसायीले नयाँ उद्योग व्यवसायको योजना पछि सारिरहेका छन्। सञ्चालनमा रहेका कतिपय उद्योग नै बन्द भइरहेको भन्दै व्यवसायी पर्ख र हेरेको नीतिमा देखिएका छन्। बजारमा हरेक क्षेत्रमा माग घट्दा त्यसको प्रभावले भएकै व्यवसाय सञ्चालनमा समस्या परेको छ। यस्तोमा नयाँ उद्योग व्यवसायको सुरुवात कठिन हुन्छ।

images
images

नयाँ ठूला तथा मझौला उद्योग दर्तामा उत्साह घटेको पुष्टि उद्योग विभागमार्फत हुने नयाँ उद्योग दर्ताको संख्याबाट हुन्छ। उद्योग विभागका प्रवक्ता अर्जुन सेन ओलीका अनुसार चालु आर्थिक वर्ष २०८१/०८२ को साउनदेखि असोजसम्म १ सय ९९ टा उद्योग दर्ता भएका छन्।

images
images

संख्याको हिसाबले नयाँ उद्योग दर्तामा कमी छैन। तर लगानीको हिसाबमा तीन महिनामा आएको लगानी प्रतिबद्धता न्यून नै भएको ओली बताउँछन्।

विभागका अनुसार ३ महिनमा १ सय ९९ वटा नयाँ दर्ता उद्योगमा ३० अर्ब ६८ करोड रुपैयाँको लगानी प्रतिबद्धता आएको छ। नयाँ दर्ता उद्योगमध्ये ८९.५ प्रतिशत उद्योग साना उद्योग रहेका छन्। विभागका अनुसार १ सय ७८ वटा साना उद्योग दर्ता भएका छन्।

यसैगरी ठूला प्रकृतिका ११ वटामात्रै नयाँ उद्योग दर्ता भएका छन्। जुन ५.५ प्रतिशतमात्रै हो। यसैगरी मझौला प्रकृतिका १० वटा उद्योग दर्ता भएका छन्। जुन ५ प्रतिशत मात्रै हो।

साना नयाँ दर्ता भएको उद्योगमा धेरै चिनियाँ लगानी रहेको छ। विभागका अनुसार साउनमा दर्ता भएका ६६ वटा उद्योगमा १७ अर्ब ७९ करोड रुपैयाँको लगानी प्रतिबद्धता थियो। तर भदौ र असोजमा उद्योग दर्ताको अवस्था साउनकै हाराहारीमा रहेपनि लगानी प्रतिबद्धता रकममा ठूलो गिरावट छ।

भदौमा कुल ६३ वटा नयाँ उद्योग दर्ता भएका थिए। ती उद्योगमा ९ अर्ब ३५ करोड रुपैयाँमात्रै लगानी प्रतिबद्धता आएको छ। भदौको तुलनामा असोजमा उद्योग दर्ताको संख्या बढेको छ। असोजमा ७० वटा नयाँ उद्योग दर्ता भएको छ। ती उद्योगमा ६ अर्ब ५४ करोड रुपैयाँको लगानी प्रतिबद्धता आएको छ।

३ महिनामा दर्ता भएको १ सय ९९ उद्योगमा ९ हजार ६ सय ६८ जनाले रोजगारी पाउने प्रस्ताव गरिएको छ। 

यसैगरी उद्योग विभागका अनुसार ३ महिनामा सबैभन्दा बढी  पर्यटनमूलक उद्योग दर्ता भएका छन्। ७० वटा नयाँ दर्ता भएका उद्योग पर्यटनमूलक उद्योग छन्।

यसैगरी ४४ वटा सर्भिस क्षेत्रका, ३ वटा खनिजजन्य उद्योग, ३० वटा उत्पादनमूलक उद्योग, एउटा पूर्वाधारमूलक उद्योग, ४५ वटा सूचना प्रविधिमा आधारित उद्योग, ४ वटा ऊर्जामूलक उद्योग र २ वटा कृषि तथा वन पैदावारमा आधारित उद्योग दर्ता भएको छ।

विभागका अनुसार ऊर्जामूलक उद्योग दर्ता तथा लगानी प्रतिबद्धतामा ठूलो कमी आएको छ भने सूचना तथा प्रविधिमूलक उद्योग दर्ता तथा लगानी प्रतिबद्धतामा सुधार आएको छ।


प्रकाशित : बिहीबार , कात्तिक २९ २०८११२:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend