शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

तोलामा चारसय रूपैयाँले घट्यो सुनको मूल्य, चाँदीको सामान्य बढ्यो

बुधबार, कात्तिक २८ २०८१
तोलामा चारसय रूपैयाँले घट्यो सुनको मूल्य, चाँदीको सामान्य बढ्यो

बुधबार सुनको मूल्य प्रतितोला चारसय रूपैयाँले घट्दा चाँदी भने प्रतितोला १५ रूपैयाँले महँगिएको छ।

काठमाडौं- बुधबार सुनको मूल्य प्रतितोला चारसय रूपैयाँले घट्दा चाँदीको मूल्य भने सामान्य बढेको छ।

मंगलबार प्रतितोला एक लाख ६२ हजार ६ सय रूपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबारका लागि प्रतितोला एक लाख ६२ हजार दुईसय रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यो साता लगातार घटेको चाँदीको मूल्य भने बुधबार प्रतितोला १५ रूपैयाँले वृद्धि भएको छ।

महासंघका अनुसार बुधबार चाँदी प्रतितोला एक हजार ९ सय ४० रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार चाँदी प्रतितोला एक हजार ९ सय २५ रूपैयाँमा कारोबार भएको थियो।


प्रकाशित : बुधबार, कात्तिक २८ २०८१११:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend