सोमबार, मंसिर १० गते २०८१    
images
images

तीनजुरे रातपोखरी सामुदायिक वनमा २८ हजार गुराँसका बिरुवा हुर्काइँदै

images
बुधबार, कात्तिक २८ २०८१
images
images
तीनजुरे रातपोखरी सामुदायिक वनमा २८ हजार गुराँसका बिरुवा हुर्काइँदै

गत वर्ष लालीगुराँस नगरपालिकाको सहयोगमा ११ हजार बिरुवा उत्पादन गरिएको छ। जंगलबाट सानासाना बिरुवा उखेलेर नर्सरीमा राख्ने गरिएको छ। दुई, तीन वर्षयताका बिरुवा नर्सरीमा छन्।

images
images

तेह्रथुम- सङ्खुवासभा र ताप्लेजुङ जिल्लाको संगमस्थल तीनजुरे-मिल्के-जलजले (टीएमजे) क्षेत्रलाई गुराँसको राजधानी घोषणा गरिएको छ। २८ प्रजातिका गुराँस पाइने टीएमजेअन्तर्गतको तीनजुरे क्षेत्र तेह्रथुम जिल्लामा पर्छ।

images
images
images

तीनजुरे क्षेत्रमा गुराँस फुल्ने याममा हजारौँ पर्यटक आउने गरेका छन्। यही तीनजुरे क्षेत्रमा पर्ने लालीगुराँस नगरपालिका-७ स्थित तीनजुरे रातपोखरी सामुदायिक वनमा आबद्ध समूहले २८ हजार पाँच सय गुराँसको नर्सरी हुर्काइरहेको छ। गुराँसको फूल हेर्न आउने पर्यटकलाई गुराँसको बिरुवा पनि उपलब्ध गराउने उद्देश्यले बिरुवा उत्पादन गरिएको हो। 

images

तीनजुरे रातपोखरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष बेगबहादुर खड्काका अनुसार बिरुवा बेचेर आम्दानीसँगै गुराँस संरक्षणको सन्देश प्रवाह गर्न नर्सरी राखिएको हो। हाल सात प्रजातिका गुराँसका बिरुवा नर्सरीमा हुर्किरहेका छन्।

images

उपभोक्ता समूहले नर्सरीबाट यस वर्ष इलामको सूर्याेदय नगरपालिकामा चारसय ४० र दार्चुलामा एकसय ८६ गुराँसका बिरुवा बेचेको गरेको छ। डिभिजन वन कार्यालयसँगको साझेदारीमा यस वर्ष १७ हजार पाँचसय गुराँसका बिरुवा रातपोखरी सामुदायिक वनले हुर्काएको छ।

गत वर्ष लालीगुराँस नगरपालिकाको सहयोगमा ११ हजार बिरुवा उत्पादन गरिएको छ। जंगलबाट सानासाना बिरुवा उखेलेर नर्सरीमा राख्ने गरिएको छ। दुई, तीन वर्षयताका बिरुवा नर्सरीमा छन्।

वन उपभोक्ता समूहले बिरुवा खरिद गर्ने ग्राहकको खोजी पनि गरिरहेको छ। गुराँसका बिरुवा बैशाख अन्तिमदेखि असार मसान्तसम्ममा रोपिसक्नुपर्ने उपभोक्ता समूहका सचिव देवी पौडेललेले बताइन्। जिल्ला समन्वय समितिले गरेको अनुगमनका क्रममा ९० प्रतिशत बिरुवा सरेको समन्वय उपप्रमुख श्री कार्कीले बताए।

सो क्षेत्रमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट एक करोड रूपैयाँको लागतमा राष्ट्रिय लालीगुराँस उद्यान निर्माण भएको छ। लालीगुराँस उद्यानमा नयाँ सहर आयोजनाले बाटो र शौचालय निर्माण गरेपछि त्यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई सहज भएको छ। रासस


प्रकाशित : बुधबार, कात्तिक २८ २०८११०:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend