शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

नबिल बैंक दक्षिण एसियाको उत्कृष्ट वित्तीय प्रतिवेदन साफा अवार्डबाट सम्मानित

बुधबार, कात्तिक २८ २०८१
नबिल बैंक दक्षिण एसियाको उत्कृष्ट वित्तीय प्रतिवेदन साफा अवार्डबाट सम्मानित

नबिलले २४ लाखभन्दा बढी सेवाग्राहीलाई देशभर रहेका आफ्ना २ सय ६८ शाखामार्फत सेवा प्रदान गर्दै आएको छ।

काठमाडौं- नबिल बैंक लिमिटेडलाई दक्षिण एसियाकै (निजी बैंकतर्फ) उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्डमा मेरिट अवार्ड प्रदान गरिएको छ। साउथ एसियन फेडरेसन अफ एकाउन्टेन्स (साफा)ले सोमबार श्रीलंकामा आयोजित विशेष सभामा नबिललाई मेरिट अवार्डबाट पुरस्कृत गरेको हो।

दक्षिण एसियाका निजी क्षेत्र बैंकिङतर्फ आर्थिक वर्ष सन् २०२२/२३ को वित्तीय प्रतिवेदनका आधारमा नबिल बैंकको वित्तीय पारदर्शिता, जबाफदेहिता तथा सुशासनको लागि यो अवार्ड प्रदान गरिएको साफाले जनाएको छ। 

साफाले हरेक वर्ष दक्षिण एसियाका विभिन्न वित्तीय संस्थाहरूको वार्षिक प्रतिवेदनको मूल्यांकन गर्दै उत्कृष्टलाई सम्मान प्रदान गर्छ। साउनमा नबिल बैंकले नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान)बाट वाणिज्य बैंकतर्फको उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्ड (गोल्ड) जितेको थियो। 

नबिल बैंकले २४ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभर रहेका आफ्ना २ सय ६८ शाखा र ३ सय २० एटीएम मेसिनहरूमार्फत सेवा प्रदान गर्दै आएको छ।


प्रकाशित : बुधबार, कात्तिक २८ २०८११०:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend