आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

साइबेरियाका चरा कैलाली-कञ्चनपुरमा

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, कात्तिक २८ २०८१
images
साइबेरियाका चरा कैलाली-कञ्चनपुरमा

विशेषगरी रूस, किर्जिस्तान, तुर्किस्तान, उज्वेकिस्तान, अजरवैजानलगायत क्षेत्रबाट आगन्तुक चरा चिसो छल्नका लागि पुग्ने गरेको चराबारे जानकार बताउँछन्।

images
images

कञ्चनपुर- उत्तरी ध्रुवमा चिसो बढेसँगै कञ्चनपुर-कैलालीका सिमसार क्षेत्रमा आगन्तुक चराको सङ्ख्या बढेको छ। 

images
images
images

साइबेरियालगायत क्षेत्रमा हिमपातसँगै चिसो बढेपछि सुरक्षित बासस्थान र आहारको खोजीमा चरा यहाँ आइपुगेका नेपाल पक्षी संरक्षण संघ (बिसिएन) का सदस्य हिरुलाल डगौराले बताए। 

images
images

कञ्चनपुर-कैलालीका सीमसार क्षेत्रमा मालक हाँस, हरियोटाउके हाँस, कालीजुरे हाँस, सुइरेपुच्छ्रे हाँस, खरखरे हाँस, कल हाँस, सुनजुरे हाँस, ठूलो जलेवा, चखेवालगायत चरा सिमसारमा आएका उनले बताए। 

images
images

विशेषगरी रूस, किर्जिस्तान, तुर्किस्तान, उज्वेकिस्तान, अजरवैजानलगायत क्षेत्रबाट आगन्तुक चरा चिसो छल्नका लागि पुग्ने गरेको चराबारे जानकारी भएका डगौराले बताए।

आगन्तुक चरा कैलालीको घोडाघोडी ताल, कर्णाली नदी क्षेत्र, कञ्चनपुरको पुरैनी ताल, कालिकिच सिमसार क्षेत्र, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका सलगौडी ताल, रानीताल, सिकारीताल, महाकाली, चौधर नदी क्षेत्रमा पुगेका उनले बताए। रासस 


प्रकाशित : बुधबार, कात्तिक २८ २०८११०:२१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend