शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

फोटन माउन्टेन ईभी सार्वजनिक, एकैपटक सयवटा डेलिभरी

मंगलबार, कात्तिक २७ २०८१
फोटन माउन्टेन ईभी सार्वजनिक, एकैपटक सयवटा डेलिभरी

माउन्टेन ईभी १४ देखि १६ सीटसम्मको विभिन्न मोडलहरूमा उपलब्ध छ, जसमा अत्यधिक स्पेस र आरामदायी हाई रुफको सुविधा छ।

काठमाडौं- फोटन नेपालले नेपालका लागि विशेष डिजाइन गरिएको आफ्नो उत्कृष्ट माउन्टेन ईभीको १०० वटा सवारीसाधनहरू एकैपटक डेलिभरी गर्दै नेपाली बजारमा लन्च गरेको छ।

नेपालको जटिल भौगोलिक आवश्यकताहरूलाई ध्यानमा राखेर निर्माण गरिएको यो ईभीमा ५३.५८ किलोवाट ब्याट्री समावेश गरेको छ, जसले पूर्ण चार्जमा ३०० किलोमिटरसम्मको ड्राइभिङ रेन्ज दिन्छ।

साथै, यसमा १३० किलोवाट अधिकतम पावर, ३३० अधिकतम टर्क, र २५ प्रतिशत ग्रेडेबिलिटी रहेको छ, जुन नेपाली बजारमा यस्ता विशेषताहरू भएको पहिलो विद्युतीय सवारीसाधन बनेको छ।

एमएडब्लू  वृद्धि समूहका निर्देशक विवेक सिकरिया भन्छन्, 'आज हामी नेपाली बजारमा फोटन माउन्टेन ईभी भ्यान लन्च गर्न पाउँदा अत्यन्तै खुशी छौँ। यो एक नवीनतम विद्युतीय सवारीसाधन हो, जसले नेपालको सवारीसाधन क्षेत्रलाई नयाँ दिशामा लैजाने छ। नेपालका चुनौतीपूर्ण सडकहरूलाई मध्यनजर गर्दै माउन्टेन ईभी विशेष सुविधाहरूमा उपलब्ध रहेको छ।'

एमएडब्लू वृद्धि समूहका सीईओ तुषार गुप्ता भन्छन्, 'फोटन लगातार १९ वर्षसम्म चीनको शीर्ष ब्रान्डको रूपमा स्थापित रहेको, भारतमा सबैभन्दा धेरै ईभी बसको रुपमा बिक्री भएको, ९ लाखभन्दा बढी व्यावसायिक सवारीसाधनहरूको रुपमा निर्यात र दक्षिण अमेरिकामा अग्र स्थानमा स्थापित भएको छ।'

माउन्टेन ईभी १४ देखि १६ सीटसम्मको विभिन्न मोडलहरूमा उपलब्ध छ, जसमा अत्यधिक स्पेस र आरामदायी हाई रुफको सुविधा छ। यसमा अटो होल्ड कन्ट्रोल, स्मार्ट पार्किङ सहयोग सुविधाका साथै हिल होल्ड कन्ट्रोल (एचएचसी), दुईवटा ड्राइभिङ मोड, आर१६ ड्यूरेबल टायरहरू छन्। 

कम्पनीका अनुसार नेपाली बजारमा फोटनको ब्रान्ड मूल्य ३१.४ अर्ब रहेको छ र विद्युतीय र व्यावसायिक सवारीसाधन विकासमा गहिरो विशेषज्ञता रहेको छ। यसले नेपालका लागि एक स्वच्छ र दिगो भविष्य निर्माणमा ठूलो योगदान पुर्‍याउने छ।


प्रकाशित : मंगलबार, कात्तिक २७ २०८११६:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend