आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

राष्ट्रपति पौडेल र माल्दिभ्सका राष्ट्रपति मैज्जुबीच भेट हुँदै

images
मंगलबार, कात्तिक २७ २०८१
images
राष्ट्रपति पौडेल र माल्दिभ्सका राष्ट्रपति मैज्जुबीच भेट हुँदै
फाइल तस्बिर

भेटमा जलवायु परिवर्तनको असरबाट दुवै देशले भोग्नुपरेका समस्या र चुनौतीलगायत समसामयिक विषयमा छलफल हुने राष्ट्रपति रामचन्द्र पौडेलको सचिवालयले जनाएको छ।

images
images

बाकु- राष्ट्रपति रामचन्द्र पौडेल र माल्दिभ्सका राष्ट्रपति डा मोहम्मद मैज्जुबीच आज यहाँ भेटवार्ता हुँदैछ।

images
images
images

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप-२९) मा सहभागी हुन आएका दुई देशका राष्ट्राध्यक्ष बीच भेटवार्ता हुन लागेको हो।

images
images

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का सदस्य राष्ट्र नेपाल र माल्दिभ्सका राष्ट्रपतिबीच हुने भेटवार्तामा जलवायु परिवर्तनको असरबाट दुवै देशले भोग्नुपरेका समस्या र चुनौतीलगायत समसामयिक विषयमा छलफल हुने राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ।

images
images

भेटका अवसरमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी, राष्ट्रपति कार्यालयका सचिव नारायणप्रसाद शर्मा दुवाडी तथा माल्दिभ्सका तर्फबाट विदेशमन्त्री डा अब्दुल्ला खलिल, जलवायु, वातावरण तथा ऊर्जामन्त्री थोरिक इब्राहिमलगायतका उच्च अधिकारी रहने कार्यसूची छ। रासस


प्रकाशित : मंगलबार, कात्तिक २७ २०८११६:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend