आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

उद्योगमन्त्री भण्डारीसँग अष्ट्रेलियाका राजदूतको भेट, नेपालको विकासमा सघाउने प्रतिबद्धता

images
मंगलबार, कात्तिक २७ २०८१
images
उद्योगमन्त्री भण्डारीसँग अष्ट्रेलियाका राजदूतको भेट, नेपालको विकासमा सघाउने प्रतिबद्धता

मन्त्री दामोदर भण्डारीको कार्यकक्षमा आज भएको भेटमा उनीहरूबीच नेपाल-अष्ट्रेलिया सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा छलफल भएको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको निजी सचिवालयले जनाएको छ।

images
images

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत लियान जोन्स्टनले शिष्टाचार भेट गरेका छन्।

images
images
images

मन्त्री भण्डारीको कार्यकक्षमा आज भएको भेटमा उनीहरूबीच नेपाल-अष्ट्रेलिया सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा छलफल भएको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको निजी सचिवालयले जनाएको छ।

images
images

सन् १९६० मा नेपाल र अष्ट्रेलियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता पारस्परिक मैत्री, सहयोग र साझेदारी प्रगाढ बनेको चर्चा गर्दै मन्त्री भण्डारीले जनस्वास्थ्य, जीविकोपार्जन र मानव संशाधन विकासलगायत क्षेत्रमा अष्ट्रेलियाबाट प्राप्त सहयोगप्रति कृतज्ञता ज्ञापन गरे।

images
images

सन् २०२६मा नेपाल अतिकम विकसित देशबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुन लागेको सन्दर्भमा नेपाललाई थप वैदेशिक सहयोग आवश्यक पर्ने भएकाले त्यसतर्फ राजदूत जोन्स्टनको ध्यानाकर्षण गराए।

राजदूत जोन्स्टनले मन्त्री भण्डारीद्वारा व्यक्त चासोप्रति सकारात्मक जवाफ दिएकी थिइन्। साथै उनले नेपालको विकास प्रयासमा सघाउन तथा अष्ट्रेलिया-नेपाल सम्बन्ध विस्तारका निम्ति आफू प्रतिबद्ध रहेको बताइन्। रासस


प्रकाशित : मंगलबार, कात्तिक २७ २०८११५:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend