शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

साङ्ग्रिला मोटर्सले सुरु गर्‍यो नयाँ लिपमोटर सी१० प्रिमियम इलेक्ट्रिक एसयूभीको डेलिभरी

मंगलबार, कात्तिक २७ २०८१
साङ्ग्रिला मोटर्सले सुरु गर्‍यो नयाँ लिपमोटर सी१० प्रिमियम इलेक्ट्रिक एसयूभीको डेलिभरी

यसमा ६९.९ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री छ। गाडीमा १६० किलोवाट क्षमताको इलेक्ट्रिक मोटर छ।

काठमाडौं- साङ्ग्रिला मोटर्स प्रालिले नाडा अटो शोमा भव्यरुपमा सार्वजनिक गरेको नयाँ लिपमोटर सी१० प्रिमियम इलेक्ट्रिक एसयूभीको डेलिभरी कार्तिक २५ देखि सुरु गरिसकेको छ।

नेपाली ग्राहकहरुले अब लामो प्रतिक्षापछि यो प्रिमियम एसयूभीको अनुभव लिन सक्नेछन्। साङ्ग्रिला मोटर्सले आफ्नो ग्राहकहरूको सन्तुष्टिलाई ध्यानमा राख्दै, डेलिभरी प्रक्रिया छिटो, सहज, र व्यवस्थित बनाउन विशेष ध्यान दिएको जनाएको छ।

लक्जरी, प्रदर्शन र वातावरणीय जिम्मेवारीलाई समेटेर डिजाइन गरिएको लिपमोटर सी१० ले विद्युतीय सवारीसाधनमा नयाँ अध्यायको सुरुवात गरेको कम्पनीले जनाएको छ।

लिप मोटर्सले यसमा ६९.९ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री दिएको छ। उक्त ब्याट्रीले सिंगल चार्जमा ४२० किलोमिटर रेन्ज दिने डब्लूएलटीपी टेष्टले प्रमाणित गरेको छ। गाडीमा १६० किलोवाट क्षमताको इलेक्ट्रिक मोटर दिइएको छ।

यसका साथै अत्याधुनिक सुरक्षा सुविधाहरुले यो गाडीलाई थप सुरक्षित बनाएको छ। एकदमै प्रिमियम यस गाडीमा भएको स्पेस, एड्भान्स इन्टेरियर र स्मार्ट प्रविधिले आराम, स्टाइल र सुविधालाई नयाँ स्तरमा पुर्‍याएको छ।


प्रकाशित : मंगलबार, कात्तिक २७ २०८१११:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend