शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

एभरेष्ट बैंक र एनसीएचएलबीच अलिपेमार्फत नेपालपे क्यूआरमा अन्तरदेशीय भुक्तानीको सम्झौता

मंगलबार, कात्तिक २७ २०८१
एभरेष्ट बैंक र एनसीएचएलबीच अलिपेमार्फत नेपालपे क्यूआरमा अन्तरदेशीय भुक्तानीको सम्झौता

एनसीएचएलले केही समयअगाडि पीटुएम मर्चेन्ट क्यूआरमा भुक्तानीको सेवा सुरु गर्नका लागि एन्ट इन्टरनेसनलसँग इन्टरनेसनल पेमेन्ट पार्टनरका रुपमा आबद्ध हुन सम्झौता गरेको थियो।

काठमाडौं- एभरेष्ट बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच एनसीएचएलको ‘क्रस बोर्डर नेसनल पेमेन्ट इन्टरफेस (एनपीएलएक्स) मा आबद्ध भइ अलिपे प्लसको नेटवर्कमा रहेका सदस्य वालेटहरुमार्फत बैंकका नेपालपे मर्चेन्टहरुका क्यूआरमा अन्तरदेशीय भुक्तानी गर्नका लागि सम्झौता भएको छ।

उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन्।

एनसीएचएलले केही समयअगाडि पीटुएम मर्चेन्ट क्यूआरमा भुक्तानीको सेवा सुरु गर्नका लागि एन्ट इन्टरनेसनलसँग इन्टरनेसनल पेमेन्ट पार्टनर (आईपीपी) का रुपमा आबद्ध हुन सम्झौता गरेको थियो।

नेपालमा रहेका नेपालपे क्यूआरको मर्चेन्ट क्यूआरमा अलिपे प्लसको नेटवर्कमार्फत भुक्तानी गर्न आवश्यक व्यवस्था मिलाइने पहलअनुरुप अब एभरेष्ट बैंकसँग सो भुक्तानी सेवा कार्यान्वयन गर्नका लागि सम्झौता भएको हो।

सम्झौतापश्चात चाइना, हङ्‌कङ, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मंगोलिया, थाइल्याण्ड, साउथ कोरिया, स्वीडेन तथा इटलीलगायतका देशहरुबाट नेपाल आएका पर्यटकहरुले नेपालमा रहेका नेपालपे क्यूआरमा सजिलै भुक्तानी गर्न सक्नेछन्।
  
एभरेष्ट बैंकले आफ्ना देशभर रहेका १ सय २९ शाखाहरु, ३ वटा एक्सटेन्सन काउन्टर, ३२ वटा राजस्व संकलन काउन्टर, ७ वटा प्रादेशिक कार्यालय र १ सय ६७ एटीएमहरुमार्फत आफ्ना १४ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ। बैंकले नेपालपे क्यूआरमा २३ हजारभन्दा बढी मर्चेन्टहरु आबद्ध गरिसकेको छ।


प्रकाशित : मंगलबार, कात्तिक २७ २०८१११:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend