शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

सुनको मूल्य लगातार ओरालो, मंगलबार प्रतितोला दुई हजार चारसय रूपैयाँले घट्यो

मंगलबार, कात्तिक २७ २०८१
सुनको मूल्य लगातार ओरालो, मंगलबार प्रतितोला दुई हजार चारसय रूपैयाँले घट्यो

मंगलबार सुनको मूल्य प्रतितोला दुई हजार चारसय रूपैयाँले घटेको छ भने चाँदीको मूल्य प्रतितोला ३० रूपैयाँले घटेको छ।

काठमाडौं- यो साता लगातार ओरालो लागिरहेको सुनको मूल्य मंगलबार प्रतितोला दुई हजार चारसय रूपैयाँले घटेको छ।

आइतबार प्रतितोला पाँचसय र सोमबार प्रतितोला एक हजार रूपैयाँले घटेको सुनको मूल्य मंगलबार पनि ओरालो लाग्दै प्रतितोला एक लाख ६२ हजार ६ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सोमबार सुन प्रतितोला एक लाख ६५ हजार रूपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्यमा पनि नेपाली बजारमा सोमबारको तुलनामा मंगलबार प्रतितोला ३० रूपैयाँले गिरावट आएको छ।

महासंघका अनुसार सोमबार तोलामा पाँच रूपैयाँले घटेर प्रतितोला एक हजार ९ सय ५५ रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबारका लागि प्रतितोला एक हजार ९ सय २५ रूपैयाँ तोकिएको छ।


प्रकाशित : मंगलबार, कात्तिक २७ २०८१११:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend