आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

सुनको मूल्य लगातार ओरालो, मंगलबार प्रतितोला दुई हजार चारसय रूपैयाँले घट्यो

images
मंगलबार, कात्तिक २७ २०८१
images
सुनको मूल्य लगातार ओरालो, मंगलबार प्रतितोला दुई हजार चारसय रूपैयाँले घट्यो

मंगलबार सुनको मूल्य प्रतितोला दुई हजार चारसय रूपैयाँले घटेको छ भने चाँदीको मूल्य प्रतितोला ३० रूपैयाँले घटेको छ।

images
images

काठमाडौं- यो साता लगातार ओरालो लागिरहेको सुनको मूल्य मंगलबार प्रतितोला दुई हजार चारसय रूपैयाँले घटेको छ।

images
images
images

आइतबार प्रतितोला पाँचसय र सोमबार प्रतितोला एक हजार रूपैयाँले घटेको सुनको मूल्य मंगलबार पनि ओरालो लाग्दै प्रतितोला एक लाख ६२ हजार ६ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

images
images

सोमबार सुन प्रतितोला एक लाख ६५ हजार रूपैयाँमा कारोबार भएको थियो।

images
images

चाँदीको मूल्यमा पनि नेपाली बजारमा सोमबारको तुलनामा मंगलबार प्रतितोला ३० रूपैयाँले गिरावट आएको छ।

महासंघका अनुसार सोमबार तोलामा पाँच रूपैयाँले घटेर प्रतितोला एक हजार ९ सय ५५ रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबारका लागि प्रतितोला एक हजार ९ सय २५ रूपैयाँ तोकिएको छ।


प्रकाशित : मंगलबार, कात्तिक २७ २०८१११:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend