बिहीबार , मंसिर २७ गते २०८१    
images
images

बुटवलमा सार्वजनिक भयो प्रिमियम र स्मार्ट नामी ईभी : बिग ह्याच विथ फाइभ स्टार लक्जरी

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, कात्तिक २७ २०८१
images
images
बुटवलमा सार्वजनिक भयो प्रिमियम र स्मार्ट नामी ईभी : बिग ह्याच विथ फाइभ स्टार लक्जरी

सेग्मेन्टमै सबैभन्दा लक्जरियस र इन्टेलिजेन्ट नामी ईभीले लुम्बिनी प्रदेशको बजारमा नयाँ मापदण्ड स्थापित गर्नेछ। ह्याचब्याक सेग्मेन्टमा राखिए पनि यो आकारमा ठूलो छ।

images
images

बुटवल- नेपालका लागि डोङफेङ ईभीको आधिकारिक विक्रेता एमएडब्लू वृद्धिले लुम्बिनी प्रदेशको बुटवलमा आफ्नो प्रिमियम र स्मार्ट ईभी नामीलाई सार्वजनिक गरेको छ। 

images
images
images

सोमबार आयोजना गरिएको कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँड, तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कार्की र एमएडब्लू वृद्धिका बिजनेश हेड प्रशन्न पन्त तथा डोङफेङ बुटवल इमरल्ड अटोमोबाइल्सका प्रबन्ध निर्देशक योगेन्द्र खड्गीले संयुक्त रुपमा नामी ईभी सार्वजनिक गरेका हुन्।  

images

सेग्मेन्टमै सबैभन्दा लक्जरियस र इन्टेलिजेन्ट नामी ईभीले लुम्बिनी प्रदेशको बजारमा नयाँ मापदण्ड स्थापित गर्नेछ। ह्याचब्याक सेग्मेन्टमा राखिए पनि यो आकारमा ठूलो छ। प्रतिस्पर्धीको तुलनामा यसको आकार र चौडाइ ठूलो हुनुका साथै धेरै सेग्मेन्ट फस्ट र सेग्मेन्ट बेस्ट फिचर प्रयोग गरिएका छन्। 

images

कार्यक्रममा डोङफेङका लागि बुटवल डिलर इमरल्ड अटोमोबाइल्सका प्रबन्ध निर्देशक योगेन्द्र खड्गीले लुम्बिनीमा स्मार्ट र इन्टेलिजेन्ट ईभी नामीलाई प्रतिनिधित्व गर्न पाउँदा निकै खुसी भएको बताए। उनले बिक्री मात्र होइन बिक्रीपछिको सेवालाई पनि उत्तिकै महत्व दिने बताए। ‘ग्राहकको सन्तुष्टि पहिलो प्राथमिकता हुनेछ,’ उनले भने। 

तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कार्कीले विश्वसनीय ब्रान्ड भित्र्याउनु भएकोमा बधाई र शुभकामना व्यक्त गरे। त्यसैगरी एमएडब्लू वृद्धिका बिजनेश हेड प्रशन्न पन्त गाडी किन्ने निर्णय गर्नुअघि त्यो ब्रान्डको लेगेसीबारे जान्नुपर्ने र नेपालमा त्यसलाई कसले भित्र्याइरहेको छ भन्नेमा ध्यान दिनुपर्ने बताए।  

सेग्मेन्ट फस्ट फिचरले भरिएको नामी

नामीले आफ्नो सेग्मेन्टमा लक्जरी र इन्टेलिजेन्टको नयाँ मापदण्ड स्थापित गरेको छ। यसको लक्जरियर इन्टेरियर र अत्याधुनिक स्मार्ट प्रविधि यसको स्लिक डिजाइनमा राम्रोसँग सम्मीश्रित छ। यसमा सेग्मेन्ट फस्ट वेलकम सिट, मेमोरी सिट, फ्रेमलेस डोर, फ्लस डोर ह्यान्डल, अटो पार्किंग  टेबल टपसहितको पेसेन्जर ड्रअर पनि रहेको छ। 

यो फ्युभरिस्टिक ह्याचब्याक ईभीप्रेमीलाई सुहाउने गरी नामी ई१, नामी ई२ र नामी ई३ गरी तीन भेरियन्टमा उपलब्ध हुनेछ जसको मूल्य २९.९९ लाखदेखि ३४.९९ लाख रुपैयाँ रहेको छ। 

नामीमा लेभल २ एडास, भेन्टिलेटेड र हिटेड सिट, १२.८ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, १७ इन्चको टायर , १२ वटा अल्ट्रासोनिक राडारसहितको ३६० डिग्री क्यामेरा, एडाप्टिभ क्रयुज कन्ट्रोल, अटोडिमिंग फिचरसहितको स्टार लाइट क्रिस्टल एलइडी हेडल्याम्प जस्ता सेग्मेन्टकै बेस्ट फिचरहरु रहेका छन्। 

यो ईभीमा प्रोक्सिमिटी लक अनलक, मल्टिकलर एम्बायन्ट लाइट, वान टच रेस्ट मोडसहितको फ्ल्याट फोर्ड फ्रन्ट सिट, एक्टर्नल डिस्चार्ज क्यापाबिलिटी, पर्सनलाइज्ड टचस्क्रिन सेन्ट्रल कन्सोल र लक्जरियर अर्बान इन्टेरियर स्पेसले पूर्ण बनाएको छ। 

एमएडब्लू वृद्धिले कात्तिक २७ गतेबाट बुटवलमा लुम्बिनी प्रदेशकै सबैभन्दा ठूलो एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्पको आयोजना गर्दैछ। बुटवलको क्लब डेनोभोमा आयोजना हुने कार्यक्रममा ग्राहकले दिपल प्रिबजेट प्राइसमा सेरेस ४५ लाख ४९ हजार रुपैयाँमा र नामीमा ७ किलोवाटको निशुल्क चार्जर पाउनेछन्। ग्राहकले ३ वटा रिकन्डिसन हाउसबाट बेस्ट भ्यालुएसन र एक्सचेन्ज बोनस पनि पाउने कम्पनीले जनाएको छ। 


प्रकाशित : मंगलबार, कात्तिक २७ २०८११०:४२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend