शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

चांगान नेपालले बुटवलमा सार्वजनिक गर्‍यो दिपल ईभी

सोमबार, कात्तिक २६ २०८१
चांगान नेपालले बुटवलमा सार्वजनिक गर्‍यो दिपल ईभी

६ महिनाअघि नेपालमा सार्वजनिक भएको दिपल ईभी अहिलेसम्ममा ६ सयभन्दा बढी बिक्री भएका छन्। विशेषता यसको डिजाइन र टेक्नोलोजीका कारण यो ग्राहकको रोजाइमा परेको हो।

बुटवल- नेपालका लागि चांगानको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले निकै सफल आफ्ना दिपल ईभीहरुलाई लुम्बिनी प्रदेशको बुटवलमा सार्वजनिक गरेको छ। 

आइतबार बुटवलमा आयोजना गरिएको कार्यक्रममा बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेय, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्याल, भैरहवा उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर श्रेष्ठ, एमएडब्लू वृद्धिका सीईओ जोजुजोस थातिललगायतले फ्युचरिस्टिक डिजाइन र कटिङ एज टेक्नोलोजीले भरिएको दिपल एस०७ र एल०७ ईभी सार्वजनिक गरेका हुन्।  

दिपल ईभी सार्वजनिक गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले लुम्बिनी प्रदेशमा दिपल र चांगानको सफलताको कामना गरे। उनले चांगान र अन्य ब्रान्डहरुले बिक्री मात्र नभइ बिक्रीपछिको सेवा र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्नुपर्ने बताए।

बुटवलका लागि चांगानको डिलर जेनोस मोटर्सका प्रबन्ध निर्देशक क्षेत्रकुमार श्रेष्ठले दिपल ब्रान्डलाई लिएर आफू निकै उत्साहित रहेको बताए। ‘दिपलले काठमाडौंमा मात्र होइन लुम्बिनीमा पनि बजार तताइसकेको छ। हामीले ग्राहकहरुबाट निकै सकारात्मक प्रतिक्रिया पाइरहेका छौँ,’ उनले भने। 

चांगान चीनको सबैभन्दा पुरानो अटोमोबाइल कम्पनी हो जसको एकसय ६२ वर्ष लामो विरासत छ। ६ महिनाअघि नेपालमा सार्वजनिक भएको दिपल ईभी अहिलेसम्ममा ६ सयभन्दा बढी बिक्री भएका छन्। विशेषता यसको डिजाइन र टेक्नोलोजीका कारण यो ग्राहकको रोजाइमा परेको हो।

दिपलमा वेलकम सिट, सनफ्लावर टचस्क्रिन, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, जेस्चर कन्ट्रोल, हेडरेड र आउट डोर स्पिकरलगायत १५ भन्दा बढी फस्ट टाइम फिचरहरु छन् जसका कारण यो ईभी नेपाल बजारमा छोटो समयमै लोकप्रिय बन्न सफल भएको हो।

एमएडब्लू वृद्धिले कात्तिक २७ गतेबाट बुटवलमा लुम्बिनी प्रदेशकै सबैभन्दा ठूलो एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्पको आयोजना गर्दैछ। बुटवलको क्लब डेनोभोमा आयोजना हुने कार्यक्रममा ग्राहकले दिपल प्रिबजेट प्राइसमा सेरेस ४५ लाख ४९ हजार रुपैयाँमा र नामीमा ७ किलोवाटको निशुल्क चार्जर पाउने छन्। ग्राहकले ३ वटा रिकन्डिसन हाउसबाट बेस्ट भ्यालुएसन र एक्सचेन्ज बोनस पनि पाउने कम्पनीले जनाएको छ। 


प्रकाशित : सोमबार, कात्तिक २६ २०८११३:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend