सोमबार, मंसिर १० गते २०८१    
images
images

२७ लाखभन्दा बढी रकम ठगीमा संलग्न सुजन पौडेल पक्राउ

images
सोमबार, कात्तिक २६ २०८१
images
images
२७ लाखभन्दा बढी रकम ठगीमा संलग्न सुजन पौडेल पक्राउ

सुजन पौडेललाई ठगीसम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरी उपरीक्षक जिसीले बताए।

images
images

काठमाडौं- सस्तो मूल्यमा ल्यापटप उपलब्ध गराइदिने भन्दै २७ लाख ६० हजार रूपैयाँ ठगीमा संलग्न रहेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

images
images
images

पक्राउ पर्नेमा कास्कीको माछापुच्छ्रे गाउँपालिका-५ घर भएका २९ वर्षीय सुजन पौडेल रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिए।

images

उनले भने, 'पक्राउ परेका सुजनसमेतका व्यक्तिले अनलाइनमार्फत सस्तो मूल्यमा ल्यापटप उपलब्ध गराइदिने भनी विश्वास दिलाइ पीडितलाई ४० थान ल्यापटप बराबरको २७ लाख ६० हजार रूपैयाँ रकम लिइ ल्यापटप नदिइ ठगी गर्ने कार्यमा संलग्न रहेका व्यक्तिमध्येका सुजनलाई काठमाडौंको ठमेल नर्सिङचोकबाट पक्राउ गरिएको हो।' 

images

निजलाई ठगीसम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरी उपरीक्षक जिसीले बताए। रासस


प्रकाशित : सोमबार, कात्तिक २६ २०८११२:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend