आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

इच्छुमती सफाइमा महानगर

images
सोमबार, कात्तिक २६ २०८१
images
इच्छुमती सफाइमा महानगर
फाइल तस्बिर

इच्छुमतीको भद्रकाली, सिंहदरबार क्षेत्रमा सफाइ गरिएको विभागका उपनिर्देशक सानुमाया महर्जनले जानकारी दिइन्।

images
images

काठमाडौं- काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रका नदी सफाइ अभियानलाई तीव्रता दिएको छ। महानगरको मध्य क्षेत्र भएर बग्ने इच्छुमती (टुकुचा) मा आज महानगरअन्तर्गतको वातावरण विभागले सफाइ गरेको छ।

images
images
images

इच्छुमतीको भद्रकाली, सिंहदरबार क्षेत्रमा सफाइ गरिएको विभागका उपनिर्देशक सानुमाया महर्जनले जानकारी दिइन्।

images
images

इच्छुमतीभित्र जम्मा भएको फोहर निकालेर महानगरका सफाइ कर्मचारीले किनारमा थुपारेका छन्।

images
images

विभागले यसअघि असारमा पनि यसरी नै इच्छुमतीलगायत नदी सफाइ गरेको थियो। ६ महिना नबित्दै फेरि नदीमा जम्मा भएको बोत्तल, प्लाष्टिकलगायत नकुहिने फोहर सफाइ गरिएको हो। महानगरले सफाइसँगै फोहर गर्नेलाई समातेर कानूनी कारबाहीको दायरामा ल्याउने तयारी पनि गरेको जनाइएको छ।

महानगरले काठमाडौं उपत्यकामा भएर बग्ने बागमती, विष्णुमती, रुद्रमती, बल्खुलगायत नदीमा पनि यसरी सफाइ गर्दै आएको छ।

नागरिकस्तरबाट सुरु भएको बागमती सफाइ अभियान सयौँ हप्तामा प्रवेश गरे पनि उपत्यकाका अन्य नदी भने सफा हुन सकेका छैनन्। रासस


प्रकाशित : सोमबार, कात्तिक २६ २०८१११:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend