शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

प्रतितोला एक हजार रूपैयाँले घट्यो सुनको मूल्य

सोमबार, कात्तिक २६ २०८१
प्रतितोला एक हजार रूपैयाँले घट्यो सुनको मूल्य

आइतबारको तुलनामा सोमबार सुनको मूल्य प्रतितोला एक हजार रूपैयाँले घटेको छ।

काठमाडौं- सोमबार सुनको मूल्य प्रतितोला एक हजार रूपैयाँले घटेको छ भने चाँदी प्रतितोला पाँच रूपैयाँले सस्तिएको छ।

आइतबार तोलामा पाँचसय रूपैयाँले घटेर प्रतितोला एक लाख ६६ हजार रूपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबारका लागि प्रतितोला एक लाख ६५ हजार रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदी सोमबार प्रतितोला एक हजार ९ सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबार चाँदीको मूल्य प्रतितोला एक हजार ९ सय ६० रूपैयाँ कायम थियो।


प्रकाशित : सोमबार, कात्तिक २६ २०८१११:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend