शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

'दराज ११.११' योजनाका लागि दराजसँग सानिमा बैंकको सहकार्य

आइतबार, कात्तिक २५ २०८१
'दराज ११.११' योजनाका लागि दराजसँग सानिमा बैंकको सहकार्य

यो योजना २०८१ कार्तिक २६ देखि मंसिर ७ गतेसम्म १२ दिनका लागि लागु हुने बैंकले जनाएको छ।

काठमाडौं- सानिमा बैंकले ग्राहकहरुका लागि दराजसँग 'दराज ११.११' योजनामा विशेष छुट दिने सहकार्य भएको छ। 

योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रिम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम २ हजार रूपैयाँसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम २ हजार ५ सय रूपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन्।

यो योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई 'पहिलोलाई प्राथमिकता' को आधारमा छुट प्रदान गरिने बताइएको छ।

छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर संकलन गर्नुपर्नेछ। यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले, १ सय ३५ प्रतिवर्षका दरले, २४ महिनासम्मका लागि मासिक किस्ताबन्दी (ईएमआई) सुविधा पनि प्राप्त गर्न सक्नेछन्।

यो योजना २०८१ कार्तिक २६ देखि मंसिर ७ गतेसम्म १२ दिनका लागि लागु हुने बैंकले जनाएको छ।

बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको पनि जनाएको छ।

सानिमा बैंकको देशको सातै प्रदेशमा १ सय ३३ वटा कार्यालयहरु तथा १ सय २४ वटा एटीएमहरु सञ्चालनमा रहेका छन्। 


प्रकाशित : आइतबार, कात्तिक २५ २०८११७:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend