शुक्रबार, मंसिर ७ गते २०८१    
images
images

खेल पर्यटनको माध्यमबाट नेपाल-चीन सम्बन्ध प्रगाढ बनाउनुपर्नेमा पर्यटनमन्त्रीको जोड

images
शनिबार, कात्तिक २४ २०८१
images
images
खेल पर्यटनको माध्यमबाट नेपाल-चीन सम्बन्ध प्रगाढ बनाउनुपर्नेमा पर्यटनमन्त्रीको जोड

नेपाल सरकारले सन् २०२५ लाई नेपाल-चीन पर्यटन वर्षका रुपमा मनाउन लागेको जानकारी दिँदै पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन वर्षमा धेरैभन्दा धेरै चिनियाँ नेपाल आउने र नेपालीहरूसमेत चीनका विभिन्न ठाउँमा घुम्न जाने बताए।

images
images

गण्डकी- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले खेल पर्यटनको माध्यमबाट नेपाल-चीन सम्बन्ध थप प्रगाढ बनाउँदै विकासको गतिमा अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्।

images
images
images

पोखरा महानगरपाकिला, चिनियाँ दूतावास र हिमालयन टुरिज्म फोरमद्वारा आज पोखरामा आयोजित तेस्रो ‘क्रस कन्ट्री दौड’ प्रतियोगिताको उद्घाटन गर्दै उनले प्रकृति र संस्कृतिको धनी नेपालमा चिनियाँ पर्यटक आएर यहाँका प्रकृति र संस्कृतिसँग रमाउने विश्वास व्यक्त गरे।

images

नेपाल सरकारले सन् २०२५ लाई नेपाल-चीन पर्यटन वर्षका रुपमा मनाउन लागेको जानकारी दिँदै मन्त्री पाण्डेले पर्यटन वर्षमा धेरैभन्दा धेरै चिनियाँ नेपाल आउने र नेपालीहरूसमेत चीनका विभिन्न ठाउँमा घुम्न जाने बताए।

images

नेपाली र चिनियाँ नागरिक एकापसमा घुलमिल हुनु आवश्यक भएको बताउँदै उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्न र कोरला नाका व्यवस्थितरुपमा सञ्चालन गर्न पहल भइरहेको बताए।

नेपाल धार्मिक पर्यटनका लागि पनि उत्तिकै महत्वपूर्ण गन्तव्य भएको बताउँदै उहाँले मुक्तिनाथ, पशुपतिनाथ, लुम्बिनी र जानकी मन्दिर जस्ता प्रसिद्ध स्थल रहेको बताए। नेपाल-चीन कूटनीतिक सम्बन्ध भएको ७० वर्ष पुग्न एक वर्ष बाँकी रहेको बताउँदै मन्त्री पाण्डेले यो लामो सम्बन्धलाई प्रगाढ बनाउँदै नेपालले अगाडि बढ्न चाहेको उल्लेख गरे।

नेपालका लागि चिनियाँ राजदूत चेन सोङले नेपाल र चीनको सम्बन्ध प्रगाढ बनाउन दुई वर्षदेखि नेपलका विभिन्न सहरमा खेलकुदका गतिविधि सञ्चालन हुँदै आएको बताए। नेपाल-चीन कूटनीतिक सम्बन्ध भएको ७० वर्ष पूरा हुने अर्को वर्ष चीनमा भव्य रुपमा कार्यक्रम गरी मनाउने उनको भनाइ छ।

नेपाल र चीनबीच खेलकुद तथा संस्कृतिका पक्षलाई व्यापक बनाउन नेपालमा यस्ता गतिविधि भएको बताउँदै उहाँले यस्ता कार्यले नेपाल र चीनबीचको मित्रतालाई थप उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे। 

महानगरपालिकाका प्रमुख धनराज आचार्यले दुई देशबीचको सम्बन्धलाई अझै बलियो बनाउन यो प्रतियोगिता महत्वपूर्ण बन्ने उल्लेख गर्दै नेपाल र चीनबीचको पर्यटकीय गतिविधिमा पनि यसले महत्वपूर्ण भूमिका खेल्ने बताए।

राष्ट्रिय खेदकुद परिषद्का कार्यवाहक महासचिव अञ्जना श्रेष्ठले खेल पर्यटनको सम्भावनालाई यस किसिमका प्रतियोगिताले टेवा पुर्‍याउने धारणा राखे। प्रतियोगिताअन्तर्गत पोखरास्थित लेकसाइडको बाराहीघाटबाट विभिन्न चार विधामा प्रतिस्पर्धा भएका छन्।

प्रतियोगिताअन्तर्गत ५० किलोमिटर समूहगत र व्यक्तिगत, विद्यार्थी दौड, पाँच किमी र ह्यप्पी रन समूहमा दुई किमी दौड आयोजना गरिएको छ। पर्वतीय दौडमा खेलाडीले ५० किलोमिटरको दूरीमा ट्रेल रनिङ, साइकलिङ र रोइङ (बोटिङ) गर्नुपर्ने हुन्छ। दौडका क्रममा खेलाडीले कूल दुई हजार दई सय ५८ मिटर उचाइ पार गर्नेछन्। त्यस्तै च्यालेन्ज इण्डिभिजुअल समूहमा ५० किलोमिटरको ट्रेलमा दुई हजार ३६६ मिटरको कुल उचाइ पार गर्नेछन्।

पचास किमी पर्वतीय दौड पोखराको लेकसाइडस्थित बाराहीघाटबाट सुरु भएर छोरेपाटन, रामदी, फुस्रेखोला हुँदै स्याङ्जाको फेदीखोला, पोखरा-२२ पुम्दीभुम्दी, शान्ति स्तूपबाट फेवाताल, पामे हुँदै पुनः बाराहीघाट पुगेर सम्पन्न हुनेछ।

यसका लागि बाराहीचोकदेखि ड्यामसाइडसम्मको मार्ग तय गरिएको छ। पचास किलोमिटर टिम समूहमा प्रथम हुनेले चार लाख ५८ हजार ४ सय रूपैयाँसहित मेडल र प्रमाणपत्र पाउनेछन्। दोस्रो हुनेले मेडल र प्रमाणपत्रसहित रतीन लाख ४३ हजार ८ सय रूपैयाँ र तेस्रो हुनेले दुई लाख २९ हजार २ सय रूपैयाँ पाउनेछन्।

यस्तै चौथोलाई एक लाख ५२ हजार ८ सय रूपैयाँ र पाचौँलाई ९५ हजार ५ सय रूपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ। यस दौडमा ६४ जना चिनियाँसहित एक हजार दुई सय धावक सहभागी बनेका छन्।

च्यालेन्ज इन्डिभिजुअल दौड समूहमा शीर्ष १० पुरुष तथा महिलाले नगद, मेडल र प्रमाणपत्र पाउनेछन्। यस प्रतियोगितामा प्रथमका लागि एक लाख ५२ हजार ८ सय रूपैयाँ, दोस्रोका लागि एक लाख १४ हजार ६ सय रूपैयाँ र तेस्रो हुने खेलाडीले ७६ हजार ४ सय रूपैयाँ प्राप्त गर्नेछन्।

चौथोदेखि सातौँ हुने खेलाडीका लागि ३८ हजार २ सय र आठौँदेखि दशौँ स्थान प्राप्त गर्ने खेलाडीका लागि १९ हजार १ सय रूपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ। यस दौडमा एक सय जना नेपाली र ५२ चिनियाँ गरी १ सय ५२ जनाले सहभागिता जनाएका छन्।

विद्यार्थी दौडमा शीर्ष छ (महिला/पुरुष दुवै) खेलाडीका लागि नगद, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ। प्रथम हुनेका लागि ३० हजार रूपैयाँ, दोस्रोका लागि २५ हजार रूपैयाँ र तेस्रोका लागि २० हजार रूपैयाँ पुरस्कार राशी रहेको छ।

चौथोदेखि छैठौँ हुने खेलाडीले १०/१० हजार रूपैयाँ पाउनेछन्। विद्यार्थी दौडमा पाँच सयभन्दा बढी विद्यार्थीले सहभागिता जनाएका छन्। यस्तै ह्याप्पी रनमा सहभागी हुने खेलाडीले प्रमाणपत्र मात्र प्राप्त गर्नेछन्। ह्याप्पी रनमा करिब ६ सय जनाले सहभागिता जनाएका छन्। रासस


प्रकाशित : शनिबार, कात्तिक २४ २०८११४:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend