शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

एमएडब्लू वृद्धिले मंगलबारबाट गर्दैछ बुटवलकै सबैभन्दा ठूलो ‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’

दिपल प्रिबजेट प्राइसमा, सेरेसमा नाडा अफर र नामी ईभी किन्दा ७ किलोवाटको चार्जर नि:शुल्क

शनिबार, कात्तिक २४ २०८१
एमएडब्लू वृद्धिले मंगलबारबाट गर्दैछ बुटवलकै सबैभन्दा ठूलो ‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’

योे मेलामा ईभी किन्न चाहने लुम्बिनी प्रदेशका ग्राहकले दिपल प्रिबजेट प्राइस अर्थात ७१ लाख ९९ हजार रुपैयाँमै पाउने छन्।

बुटवल- नेपालका लागि दिपल, सेरेस र नामी इभी ब्रान्डको आधिकारिक वितरक एमएडब्लू वृद्धिले भैरहवा र बुटवललाई लक्षित गरेर यो क्षेत्रकै सबैभन्दा ठूलो ‘एक्सचेन्ज तथा टेस्ट ड्राइभ क्याम्प’ गर्ने भएको छ। 

एमएडब्लू वृद्धिले कालिकानगर, बुटवलस्थित क्लब डेनोभोमा आउँदो २७ कात्तिकदेखि तीनदिने ‘एक्सचेन्ड एन्ड टेस्ट ड्राइभ क्याम्प’को आयोजना गर्न लागेको हो। 

योे मेलामा ईभी किन्न चाहने लुम्बिनी प्रदेशका ग्राहकले दिपल प्रिबजेट प्राइस अर्थात ७१ लाख ९९ हजार रुपैयाँमै पाउने छन्। त्यस्तै सेरेसमा नाडा अफर यानि ४५ ला ४९ हजार रुपैयाँमा र नामी ईभी किन्दा ७ किलोवाटको चार्जर फ्रि पाउने कम्पनीले जनाएको छ। 

साथै टप ३ रिकन्डिसन हाउसबाट अभुतपूर्व ‘एक्सचेन्ज भ्यालु’ र एमएडब्लू वृद्धिबाट बेजोड ‘एक्सचेन्ज बोनस’को फाइदा उठाउँदै नयाँ पुस्ताको विद्युतीय कार खरिद गर्न सकिने एमएडब्लू वृद्धिको भनाइ छ। 

यसका अलावा ग्राहकले हरेक टेस्ट ड्राइभ र आफ्नो पुरानो गाडीको मूल्यांकनमा आकर्षक उपहार पाउनेछन्। ‘अनस्पट फाइनान्सिंग’ र ‘अनस्पट डेलिभरी’को व्यवस्था पनि गरिएको छ। साथै दिपल, सेरेस र नामीलाई ८.४९ प्रतिशतको निश्चित ब्याजदरमा घर लान सकिने छ। 

यी अफरहरुबाहेक एक्सचेन्ज क्याम्पमा आएर फ्युचरिस्टिक डिजाइन र फिचरले भरिएका दिपल, नामी र सेरेसको टेस्ट ड्राइभ गर्नेले ‘फुडस्टल’ र ‘लाइभ म्युजिक’को मज्जा लिन सक्ने छन्। एमएडब्लू वृद्धिले एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्पअघि दिपल र नामीको क्षेत्रीय लन्च पनि गर्ने योजना बनाएको छ। 


प्रकाशित : शनिबार, कात्तिक २४ २०८११३:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend