बिहीबार , मंसिर ६ गते २०८१    
images
images

अलिपे-प्लसका मोबाइल पेमेन्ट पार्टनरका प्रयोगकर्ताले नेपाल भ्रमण गर्दा नेपाल-पे क्यूआर स्क्यान गरेर भुक्तानी गर्न सक्ने

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, कात्तिक २३ २०८१
images
images
अलिपे-प्लसका मोबाइल पेमेन्ट पार्टनरका प्रयोगकर्ताले नेपाल भ्रमण गर्दा नेपाल-पे क्यूआर स्क्यान गरेर भुक्तानी गर्न सक्ने

नेपालका ८ लाख ७५ हजारभन्दा बढी मर्चेन्टहरूले एशिया तथा अन्य देशका यात्रुहरूबाट क्रस-बोर्डर मोबाइल भुक्तानीहरू सहज रूपमा प्राप्त गर्न सक्ने

images
images

काठमाडौं- नेपालमा डिजिटल पेमेन्ट सिस्टम प्रवर्द्धनमा मुख्य भूमिका निर्वाह गर्दै आएको नेपाल क्लियरिङ हाउस लिमिटेड -एनसीएचएल) र डिजिटल पेमेन्ट तथा वित्तीय टेक्नोलोजी लिडर एण्ट इन्टरनेशनलले नेपालपे क्यूआर र अलि-पेप्लस बीच क्रस-बोर्डर भुक्तानीको सुरुवात भएको संयूक्त रुपमा घोषणा गरेका छन्।

images
images
images

सिंगापुर फिनटेक फेस्टिभल २०२४ को ग्लोबल प्ल्याटफर्ममा दक्षिणपूर्वी एसिया, अष्ट्रेलियातथा न्युजिल्याण्डका एण्ट इन्टरनेशनलका महाप्रबन्धक एडवर्ड यू र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधान, एनसीएचएलका अध्यक्ष विश्रुत थापा तथा एण्ट इन्टरनेशनलका अध्यक्ष डगलस फेगिनका साथै दुवै संस्थाका अन्य प्रतिनिधिहरु, अन्य विशिष्ट व्यक्तिहरु तथा प्रतिनिधिहरुको उपस्थितिमा सो घोषणा गरिएको हो। 

images

उक्त घोषण पश्चात् चिनियाँ मेनल्याण्ड लगायत हङकङ एसएआर चीन, मकाउ एसएआर चीन, सिंगापुर, मलेसिया, फिलिपिन्स, मंगोलिया, थाइल्याण्ड, दक्षिण कोरिया र इटाली लगायत १० देश तथा क्षेत्रका यात्रुहरूले आफ्नो डोमेस्टिक इ वालेट तथा मोबाईल बैंकिङ एप मार्फत नेपालका अन्तरआबद्ध नेपालपे क्यूआरको नेटवर्क सहित ८ लाख ७५ हजारभन्दा बढी मर्चेन्टहरुलाई भुक्तानी गर्न सक्नेछन्।

images

अलि-पेप्लस का निम्न साझेदारहरूः अलिपे -चिनियाँ मेनल्याण्ड, अलिपे -हङकङ एसएआर, टिनाबा -इटाली, एमपे -मकाओ एसएआर, टच एन गो ईवालेट र पब्लिक बैंक बर्हाडको, जीक्यास -फिलिपिन्स, चाङगी पे र ओसीबीसी डिजिटल -सिंगापुर, नाभेर पे र टस पे -दक्षिण कोरिया र ट्रयू मनी -थाइल्याण्डबाट नेपालपे क्यूआरमार्फत सिमलेस क्रस बोर्डर भुक्तानी गर्न सक्नेछन्।

एण्ट इन्टरनेशन अलि-पेप्लस र एनसीएचएलबीच मे २०२४ मा प्रारम्भिक सामझदारीपत्रमा हस्ताक्षर भई नेपाल राष्ट्र बैंकको आवश्यक स्वीकृति पश्चात् क्रस-बोर्डर भुक्तानी सेवा सुरुवात गरिएको हो।

नेपालपे र अन्तरआवद्ध क्यूआरले क्रस बोर्डर भुक्तानीका लागि र नेपालको रिटेल पेमेन्ट सिस्टमलाई विश्वव्यापीरुपमा चिनाउन यस साझेदारीले ठूलो अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

यस व्यवस्थाले नेपाललाई आफ्नो रोजाइको गन्तव्य बनाएका विभिन्न देशका पर्यटकहरुले नेपालको मर्चेन्टहरुलाई सहजै क्रस-बोर्डर डिजिटल भुक्तानी गर्न सक्ने भएको छ।

नेपालपे क्यूआर लगाइएका  स्ट्यान्डराइज्ड क्यूआर पेमेन्टहरुले नेपालको पर्यटन क्षेत्र विकासको लागि महत्वपूर्ण भूमिका खेल्नेर आगामी वर्षमा पर्यटन क्षेत्र अझफस्टाउने अपेक्षा सहित नेपाल र विश्वभरका साझेदारहरू र मर्चेन्टहरुलाई सहयोग गर्ने अपेक्षा गरिएको छ।

एनसीएचएलको बारेमा 

नेपालक्लियरिङ्ग हाउस लिमिटेड -एनसीएचएल) नेपाल राष्ट्र बैंक, बैंक वित्तीय संस्थाहरुले विभिन्न राष्ट्रिय भुक्तानी सिस्टम कार्यान्वयन र सञ्चालन गर्ने उद्देश्य सहित स्थापना भएको कम्पनी हो।

हाल एनसीएचएलले इलेक्ट्रोनिक चेक क्लियरिङ्ग, आईपीएस, रिटेल पेमेन्ट स्वीच, कनेक्टआरटीजीएस, नेशनल पेमेन्ट इन्टरफेस -ओपन एपीआई प्ल्याटफर्म), कनेक्टआईपीएस -फास्टर पेमेन्ट सिस्टम तथा गेटवे) र कर्पोरेटपे -बी टु बी पेमेन्ट च्यानल) लगायतकाविभिन्न डिजिटल पेमेन्ट पूर्वाधार स्थापना गरी सेवा प्रदान गर्दै आइरहेको छ। 

नेपाल पे क्यूआरको बारेमा

नेपाल पे क्यूआर नेशनल पेमेन्ट स्वीचअन्तर्गत त्तच् भुक्तानीलाई इसुइङ, मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआबद्धता कायम गर्न सक्ने नेपाल-क्युआर स्ट्याण्डर्डको पूर्वधार हो।

बैंक वित्तीय संस्था तथा भुक्तानी सेवाप्रदायकहरुले नेपाल पे क्यूआर मा ८ लाख ७५ भन्दा बढि मर्चेन्टहरु आबद्ध गरेका छन्। ग्राहकहरुले ४० वटा मोबाइल बैंकिङ एप, ११ वटा वालेट एप तथा कनेक्टआइपीएसबाट नेपाल पे क्यूआर मा सहजै भुक्तानी गर्न सक्छन्। 

एण्ट इन्टरनेशनलको बारेमा

सिंगापुरमा मुख्यालय रहेको एण्ट इन्टरनेशनलले ग्लोबल कर्मसमा विशेष जोड दिँदै सबै प्रयोगकर्ता र व्यवसायहरुका लागि डिजिटल सेवा प्रदान गर्न कार्य गर्दै आएको छ।

विभिन्न पार्टनरहरु सँगको सहकार्यमा एण्ट इन्टरनेशनलले डिजिटल भुक्तानी र वित्तीय सेवाहरूको विश्वव्यापी रुपमा मर्चेन्टहरुलाई सहयोग गर्दै आइरहेको छ। 

अलि-पेप्लस को बारेमा

अलि-पेप्लसक्रस-बोर्डर मोबाइल भुक्तानी र डिजिटलाइजेशन टेक्नोलोजीको एक सञ्जाल हो जसले विश्वव्यापी मर्चेन्टहरुलाई उपभोक्ताहरूसँग जोड्न मद्दत गर्दै आइरहेको छ।

उपभोक्ताहरूले विदेश यात्रा गर्दा आफ्नो डोमेस्टिक भुक्तानी माध्यमहरू प्रयोग गरि सहज भुक्तानी गर्न सक्छन्। साना तथा मध्यम व्यवसायहरूलाई प्राथमिकतामा राखी त्यस्ता व्यवसायको दक्षता वृद्धि गर्न अलि-पेप्लस को डिजिटल उपकरणहरूले उल्लेख्य भूमिका खेल्दै आएको छ।


प्रकाशित : शुक्रबार, कात्तिक २३ २०८११५:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend