काठमाडौं- शुक्रबार नेपाली बजारमा सुन तथा चाँदीको मूल्य बढेको छ।
बिहीबार एकैदिन प्रतितोला चार हजार रूपैयाँ घटेको सुनको भाउ शुक्रबार प्रतितोला दुई हजार रूपैयाँ बढेको हो।
शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ६६ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाल सुन प्रतितोला एक लाख ६४ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।
शुक्रबार चाँदीको मूल्य पनि बिहीबारको तुलनामा बढेको छ। शुक्रबार चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ८० रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बिहीबार चाँदी प्रतितोला १ हजार ९ सय ६० रूपैयाँमा कारोबार भएको थियो।
बिहीबारको तुलनामा शुक्रबार चाँदीको मूल्य प्रतितोला २० रूपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।