शनिबार, मंसिर १५ गते २०८१    
images
images

बजार हिस्सा गुमाउँदै नेपाल एयरलाइन्स, विदेशी कम्पनीले लिँदैछन् लाभ

२५ बाट ११.३२ प्रतिशतमा झर्‍यो निगमको बजार हिस्सा, सबैभन्दा बढी यात्रु बोक्नेमा कतार

images
बिहीबार , कात्तिक २२ २०८१
images
images
बजार हिस्सा गुमाउँदै नेपाल एयरलाइन्स, विदेशी कम्पनीले लिँदैछन् लाभ

विमानस्थल कार्यालयका अनुसार यसअघि सन् २०२३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ४५ लाख ४१ हजार १ सय ३७ जनाले अन्तर्राष्ट्रिय हवाई सेवा लिएका थिए।

images
images

काठमाडौं- नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले पछिल्ला वर्षमा निरन्तर बजार हिस्सा गुमाउँदै आएको छ। सन् २०२० मा २५ प्रतिशतसम्म पुगेको निगमको बजार हिस्सा सन् २०२४ को अगष्टसम्ममा १३.६८ प्रतिशत बिन्दुले खस्किएको छ। सन् २०२४ को जनवरीदेखि अगष्टसम्मको कुल अन्तर्राष्ट्रिय हवाई यात्रुमध्ये नेपाल एयरलाइन्सको बजार हिस्सा ११.३२ प्रतिशतमा झरेको छ।

images
images
images

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले दिएको तथ्यांकअनुसार निगमको सन् २०२३ को डिसेम्बरसम्मको बजार हिस्सा १४.२० प्रतिशतमा झरेको थियो। त्यसयता सन् २०२४ को ९ महिनाकै अवधिमा नेपाल एयरलाइन्सको बजार हिस्सा करिब २ प्रतिशतको बिन्दुले खस्किएर ११.३२ प्रतिशतमा झरेको छ।

images

विमानस्थल कार्यालयका अनुसार सन् २०२४ को ९ महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ३६ लाख लाख ३० हजार ८ सय ५४ जनाले अन्तर्राष्ट्रिय हवाई सेवा लिएका छन्। जसमध्ये नेपाल एयरलाइन्सको सेवा लिने यात्रुको संख्या ४ लाख ११ हजार १ सय ७५ रहेको छ। यो कुल यात्रुको ११.३२ प्रतिशत हो।

images

विमानस्थल कार्यालयका अनुसार यसअघि सन् २०२३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ४५ लाख ४१ हजार १ सय ३७ जनाले अन्तर्राष्ट्रिय हवाई सेवा लिएका थिए। जसमध्ये नेपाल एयरलाइन्सको सेवा लिन यात्रुको संख्या ६ लाख ४५ हजार १ सय ६६ रहेको थियो। जुन कुल यात्रुको १४.२० प्रतिशत थियो।

यसैगरी सन् २०२२ मा निगमको बजार हिस्सा १६.५६ प्रतिशतमा झरेको थियो। व्यवस्थापनको लापरबाहीकै कारण निगमको बजार हिस्सा क्रमश: ओरालो लागेको हो। सन् २०२३ मा निगमको २ वटा न्यारोबडी जहाजमध्ये कुनै पनि दिन २ वटै उडानमा आउन सकेको थिएन। सन् २०२० मा निगमको बजार हिस्सा सबैभन्दा बढी २५ प्रतिशत पुगेको थियो।

कुन वर्षको बजार हिस्सा कति?

सन् २०१७ देखि निगमको बजार हिस्सा निरन्तर बढेको थियो। सन् २०१७ मा निगमको बजार हिस्सा १० प्रतिशत थियो। १० प्रतिशतको बजार हिस्सा २०१८ मा १ प्रतिशतले बढेर ११ प्रतिशत भएको थियो।

२०१९ मा एकैपटकमा ७ प्रतिशतले बजार हिस्सा बढेर १८ प्रतिशत भएको थियो भने २०२० मा पनि ७ प्रतिशतले नै बढेर निगमको बजार हिस्सा २५ प्रतिशत पुगेको थियो।

सन् २०२१ मा कोरोनाका कारण निगमको बजार हिस्सा ५ प्रतिशतले घटेको थियो। २०२२ मा भने निगम व्यवस्थापन तथा अध्यक्ष अधिकारीको लापरबाहीका कारण बजार हिस्सा घटेर १६.५६ प्रतिशतमा झरेको थियो।

त्यसमा पनि सन् २०२३ मा बजार हिस्सा फेरि घटेको  थियो। २०२३ मा बजार हिसा घटेर १४.२० प्रतिशतमा आएको थियो। अहिले फेरि सन् २०२४ को ९ महिनामा बजार हिस्सा घटेर ११.३२ प्रतिशतमा झरेको हो। निगम स्रोतका अनुसार २०२४ को अन्त्यसम्ममा आइपुग्दा निगमको बजार हिस्सा घटेर साढे १० प्रतिशतमा आइपुग्ने छ।

सबैभन्दा बढी यात्रु बोक्नेमा कतार

विमानस्थल कार्यालयले दिएको तथ्यांकअनुसार सन् २०२४ को ९ महिनामा कुल ३६ लाख ३० हजार ८ सय ५४ जनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अन्तर्राष्ट्रिय हवाई सेवा लिएका छन्। जसमा सबैभन्दा बढी कतार एयरवेजले सेवा दिएको छ।

कतार एयरवेजले ४ लाख ५० हजार ३ सय ४२ जनालाई अन्तर्राष्ट्रिय हवाई सेवा दिएको छ। नेपाल एयरलाइन्सले ४ लाख ११ हजार १ सय ७५ जनालाई मात्रै सेवा दिएको छ।

९ महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै २४ हजार ८ सय १ वटा उडान तथा अवतरण भएको छ। 


प्रकाशित : बिहीबार , कात्तिक २२ २०८११७:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend