आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

प्लाष्टिकका सामग्रीले पुर्ख्यौली पेसा संकटमा

images
बिहीबार , कात्तिक २२ २०८१
images
प्लाष्टिकका सामग्रीले पुर्ख्यौली पेसा संकटमा

बर्सेनि छठ पर्व मनाउनको सङ्ख्या बढ्दै गए पनि बाँसका सामग्रीको कारोबारमा कमी आएको मरिक समुदायका व्यक्तिले बताएका छन्।

images
images

इनरुवा- सुनसरी हरिनगर गाउँपालिका-२ का भटाई मरिक दुईजनाको सहारामा दुई दिनमा एउटा बाँसको ढाकी बनाउँछन्। उनलाई बाँसको कोनिया बनाउन एक दिनमात्र लाग्छ। 

images
images
images

बिहानै हातमा कुखुरी लिएर घरबाट निस्कने भटाई छठ पर्वका बेलामा बाँसका सामग्री बनाएर वर्षभरिलाई खान र घर खर्च चलाउन रकम जुटाउने गर्छन्। यस वर्ष भने सोचेजस्तो बाँसका सामग्री बिक्री नभएको उनको गुनासो छ। भटाईले गर्त वर्ष छठका बेलामा एकसय ५० वटा कोनिया र एक सय २५ वटा ढकीया बिक्री गरेका थिए।

images
images

यस वर्ष उनले ५० देखि एक सयसम्म कोनिया र ९० वटा ढकीया बिक्री भएको बताए। उनीजस्तै हरिनगर-२ का बिन्देश्वर मरिकले छठ पर्वका बेला बाँसका सामग्री बनाएर साहु तथा यजमानबाट लिएको ऋण तिर्ने सोचेका थिए। वर्षभरि घर खर्च जेनतेन चलाउने मरिक समुदायका अधिकांशले चाडपर्वलाई खर्च जुटाउने अवसरका रुपमा लिने गरेका छन्। 

images
images

सोचेअनुसारको बिक्री नहुँदा आम्दानी घटेको बिन्देश्वरले बताए। आधुनिकताको विकाससँगै बजारमा आएका प्लाष्टिकका सामग्रीको प्रयोग बढेसँगै बाँसका सामग्री बिक्री हुन छोडेका उनको भनाइ छ। यसले गर्दा जीविकोपार्जनमा समस्या भएको गीता मरिकले बताए।

बिहानै बाँसलाई काटनुका साथै आवश्यकताअनुसार फोड्ने, काट्ने र सामग्री निर्माण गर्ने गरिएको भन्दै बनाइएको सामग्री बिक्री नहुँदा आर्थिक अभाव सृजना हुने गीताको भनाइ छ।

बर्सेनि छठ पर्व मनाउनको सङ्ख्या बढ्दै गए पनि बाँसका सामग्रीको कारोबारमा कमी आएको मरिक समुदायका व्यक्तिले बताएका छन्। अहिले बजारमा पित्तलका कोनिया, ढाकी पाउनुका साथै प्लाष्टिकबाट निर्मित नाङ्गलोलगायत सामग्री पाउन थालेकाले बाँसका सामग्री बिक्री हुन छोडेका चन्दन मरिकले बताए।

लोक आस्था, विश्वास र श्रद्धाको पर्वका रुपमा रहेको छठमा विगतका वर्षमा बाँसबाट निर्मित सामग्रीको प्रयोग बढी हुने गरेकामा पछिल्ला केहीवर्षयता आधुनिक प्लाष्टिकका सामग्रीको प्रयोगले परिक समुदायको पुर्ख्यौली पेसा संकटमा परेको बिन्देश्वरले बताए।

मरिक समुदायको पुर्ख्यौली पेसाका रुपमा रहेको बाँसका सामग्री मनाउने कामलाई संरक्षण गर्नुका साथै बजारीकरणमा स्थानीय तह तथा सरोकार भएका निकायले सहयोग गर्नुपर्ने मरिक समुदायका अगसवाको भनाइ छ। रासस


प्रकाशित : बिहीबार , कात्तिक २२ २०८११४:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend