आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

प्लाष्टिक झोलामुक्त अभियान : तीनसय ९१ किलो प्लाष्टिक जफत

images
बिहीबार , कात्तिक २२ २०८१
images
प्लाष्टिक झोलामुक्त अभियान : तीनसय ९१ किलो प्लाष्टिक जफत

नगरपालिकाले गत जेठ १ गतेदेखि प्लाष्टिक झोलामुक्त नगर घोषणा गरेको थियो। पालिकाले प्लाष्टिक झोला प्रयोग गरेको सूचना दिनेलाई पुरस्कार दिने व्यवस्था पनि गरेको छ।

images
images

तनहुँ- प्लाष्टिक झोलामुक्त क्षेत्र घोषणा गरेको व्यास नगरपालिकाले बुधबार बजार क्षेत्रका पसलबाट तीनसय ९१ किलो प्लाष्टिक झोला जफत गरेको छ।

images
images
images

नगरपालिकाले बजार अनुगमनका क्रममा उक्त परिमाणका प्लाष्टिक झोला जफत गरेको हो। नगरपालिकाले गत जेठ १ गतेदेखि प्लाष्टिक झोलामुक्त नगर घोषणा गरेको थियो। पालिकाले प्लाष्टिक झोला प्रयोग गरेको सूचना दिनेलाई पुरस्कार दिने व्यवस्था पनि गरेको छ।

images
images

दमौलीस्थित सृष्टि प्लाष्टिक उद्योगबाट एक किलो, नसिम स्टोर्सबाट तीन किलो, महाकाली जनरल स्टोर्सबाट एक सय २९ किलो, सूर्य प्लाष्टिक पसलबाट एक सय २३ किलो र ज्ञानमाला भाडा प्लाष्टिक पसलबाट एक सय ३५ किलो प्लाष्टिक झोला जफत गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिए।

images
images

नगरपालिकाले प्लाष्टिक झोला प्रयोगकर्ता, बिक्रेता र उत्पादकलाई नगरपालिकको निर्णयविपरीत गरेमा जरिवानाको चेतावनी दिँदै जरिवाना रकम पनि तोकेको छ। प्लाष्टिक झोला उत्पादकलाई पहिलोपटक दुई हजार, दोस्रोपटक चार हजार र तेस्रोपटक ६ हजार रूपैयाँ जरिवाना गरिने नगरपालिकाका वन तथा वातावरण समितिका संयोजक रनसिं नेपालीले जानकारी दिए।

यसैगरी, नियम पालना नगर्ने विक्रेतालाई पहिलोपटक पाँचसय, दोस्रोपटक एक हजार र तेस्रोपटक तीन हजार रूपैयाँ जरिवाना तोकिएको छ। प्रयोगकर्तालाई भने पहिलोपटक दश, दोस्रोपटक ५० रूपैयाँ जरिवाना तोकिएको छ। नगरपालिकाले बजार क्षेत्रभित्र प्लाष्टिक झोला प्रयोग नगर्न आग्रह गर्दै नगरका विभिन्न भागमा चेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ। रासस


प्रकाशित : बिहीबार , कात्तिक २२ २०८११२:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend