शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

सुनको मूल्यमा भारी गिरावट, एकैदिन प्रतितोला चार हजार रूपैयाँले घट्यो

बिहीबार , कात्तिक २२ २०८१
सुनको मूल्यमा भारी गिरावट, एकैदिन प्रतितोला चार हजार रूपैयाँले घट्यो

बिहीबार सुनको मूल्य प्रतितोला चार हजार रूपैयाँले घट्दा चाँदी पनि प्रतितोला ५५ रूपैयाँले सस्तिएको छ।

काठमाडौं- लगातार बढिरहेको सुनको मूल्यमा बिहीबार भारी गिरावट आएको छ। 

बुधबार तीनसय रूपैयाँले बढेको सुनको मूल्य बिहीबार एकैदिन प्रतितोला चार हजार रूपैयाँले घटेको छ।

बिहीबारका लागि सुनको मूल्य प्रतितोला एक लाख ६४ हजार पाँचसय रूपैयाँ कायम छ।

यो साता मंगलबार सुनको मूल्य प्रतितोला ८ सय रूपैयाँले घटेको थियो। बुधबार भने सामान्य मूल्य बढ्दै सुन प्रतितोला एक ला ६८ हजार पाँचसय रूपैयाँमा कारोबार भएको थियो।

मंगलबार र बुधबार घटेको चाँदीको मूल्य भने बिहीबार पनि ओरालै लागेको छ। 

बिहीबार प्रतितोला ५५ रूपैयाँले घटेर चाँदीको मूल्य प्रतितोला एक हजार ९ सय ६० रूपैयाँ कायम छ।

बुधबार चाँदी प्रतितोला १५ रूपैयाँले घट्दै प्रतितोला दुई हजार १५ रूपैयाँमा कारोबार भएको थियो।


प्रकाशित : बिहीबार , कात्तिक २२ २०८१११:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend