बिहीबार , मंसिर २७ गते २०८१    
images
images

घरधनीले आफैले भत्काउन थाले पुङ्गी खोला किनारमा नियमविपरीत निर्मित संरचना

images
बिहीबार , कात्तिक २२ २०८१
images
images
घरधनीले आफैले भत्काउन थाले पुङ्गी खोला किनारमा नियमविपरीत निर्मित संरचना

पुङ्गी खोला विकास तथा सौन्दर्यकरण करिडोर निर्माणका लागि सघन सहरी तथा भवन निर्माण आयोजनाबाट ६ करोड ६५ लाख रूपैयाँ बजेट विनियोजन भएको छ।

images
images

चितवन- भरतपुर महानगरपालिकाले पुङ्गी खोला किनारमा अतिक्रमित संरचना भत्काउन सुरु गरेपछि घरधनी आफैले भत्काउन थालेका छन्। महानगरले पुङ्गी खोलाको विकास र सौन्दर्यकरण गर्ने कार्यक्रम अघि सारेसँगै नियमविपरीत निर्मित संरचना घरधनीले आफै भत्काउन थालेका हुन्।

images
images
images

गत असोज २ गते महानगरपालिकाले केही संरचनामा डोजर चलाएको थियो। भरतपुर महानगरपालिका वडा नम्बर २ का अध्यक्ष मनोज रानाभाट अतिक्रमण गरी बनाइएका संरचना घरधनी आफैले भत्काउन थालेको बताउँछन्। पुङ्गी खोलाको बाइपास सडकदेखि लाइन्सचोकसम्म अतिक्रमण गरी बनाइएका संरचना घरधनीले आफैले भत्काइरहेका छन्।

images

पुङ्गी खोला विकास तथा सौन्दर्यकरण करिडोर निर्माणका लागि सघन सहरी तथा भवन निर्माण आयोजनाबाट ६ करोड ६५ लाख रूपैयाँ बजेट विनियोजन भएको छ।

images

बाइपास सडकदेखि नारायणी नदीसम्म पुङ्गी खोला ६ दशमलव ५ किलोमिटरमध्ये बाइपासबाट लायन्सचोकसम्म तीन किलोमिटर र त्यहाँबाट नारायणीनदीसम्म सौन्दर्यीकरणको काम गत वर्षदेखि जारी छ। नगरलाई सुन्दर बनाउन खोला किनारका मुख्य बजारमा उद्यान, कसरत गर्ने स्थल, पैदलमार्गलगायत संरचना निर्माण हुने छन्। रासस


प्रकाशित : बिहीबार , कात्तिक २२ २०८११०:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend