आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

वीरगञ्जमा छठका सामान किनमेल गर्नेको घुइँचो

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , कात्तिक २२ २०८१
images
वीरगञ्जमा छठका सामान किनमेल गर्नेको घुइँचो

मौसमी व्यापारीले घण्टाघरदेखि माईस्थानसम्म सडकमै विभिन्न प्रकारका सरसमान राखेर किनबेच गरिरहेका छन्। महानगरले किनबेच गर्नेका लागि उपयुक्त स्थान नतोक्दा पनि धेरै अस्तव्यस्त भइरहेको स्थानीयको भनाइ छ।

images
images

वीरगञ्ज- औद्योगिक तथा आर्थिक नगरी वीरगञ्जमा छठ पर्वका लागि आवश्यक सामान किनबेच गर्नेको घुइँचो लागेको छ। 

images
images
images

हाल वीरगञ्जको मीनाबजार, घण्टाघर, रेल्वेरोड, अटोरिक्सा स्टेसन, माईस्थानलगायतका स्थानमा सडकमै छठका सामान किनबेच गर्नेको भीडले सर्वसाधारणलाई आउजाउ गर्न मुस्किल छ। मीनाबजारका स्थानीय व्यापारी राजेश साह छठ पर्वमा ग्रामीण भेगका सर्वसाधारण पनि किनमेल गर्न आउने भएकाले भीडभाड धेरै हुने बताउँछन्।

images
images

'सामान्य अवस्थामा भन्दा अहिले भीडभाड छ। तर, व्यापार भने विगतमा जस्तो छैन', उनले भने, 'आर्थिक मन्दीका कारण हो या सर्वसाधारणले खुलेर खर्च गर्न डराइरहेका छन्।'

images
images

मौसमी व्यापारीले घण्टाघरदेखि माईस्थानसम्म सडकमै विभिन्न प्रकारका सरसमान राखेर किनबेच गरिरहेका छन्। महानगरले किनबेच गर्नेका लागि उपयुक्त स्थान नतोक्दा पनि धेरै अस्तव्यस्त भइरहेको स्थानीयको भनाइ छ। 

पर्टेवा सुगौली गाउँपालिका रङ्गपुरबाट छठका समान किन्न मीनाबजार आएकी सोनी महतोले अन्य स्थानभन्दा केही सस्तो पाइने भएकाले यहाँ मेला भर्न आएको बताइन्। 

छठ पर्वमा बोटसहितका अदुवा, मुला, घारीसहितका केरा, पिडालु, बेसार, नरिवल, स्याउ, सुन्तला केरालगायतका तरकारी तथा फलफूल किनमेल गर्नेको घुइँचो छ।

अर्काेतर्फ अघ्र्यका लागि सुपारी, इलाइची, ल्वाङ, सिन्दूरलगायतका सामान खरिद गर्ने उत्तिकै छन्। पूजाका सामग्री छठ घाटसम्म पुर्‍याउन डालो, ढकिया, नाङ्लोलगायतका सामान खरिद गर्नेको भीड उत्तिकै छ। 

वीरगञ्जको मुख्य बजार क्षेत्रमा मौसमी व्यापार गर्नेको कारणले भीडभाड भए पनि लत्ताकपडा र खाद्यान्नलगायतका सरसमान खरिद गर्न सीमावर्ती बजार रक्सौल जाने गर्छन्।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष माधव राजपाल चाडपर्वको बेला मौसमी व्यापारीको भीडभाड हुने गरे पनि खाद्यान्न र लत्ताकपडा किनमेल गर्न उपभोक्ता रक्सौल जाने गरेको बताउँछन्।

सरकारले खाद्यान्न र लत्ताकपडामा अत्यधिक कर लगाएको कारण पनि नेपालका सर्वसाधारण स्वदेशी बजारभन्दा भारतीय सीमावर्ती बजारमा किनमेल गर्न रुचाउने उनले बताए।

वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको तीन महिनामा एक खर्ब ४३ अर्ब ९१ करोड ६६ लाख पाँच हजार बराबरका मालसामान आयात भएका छन्। गत आवको सोही अवधिको तुलनामा ६ दशमलव ४३ प्रतिशतले कमी भएको भन्सार कार्यालयले जनाएको छ। गत आवको सोही अवधिमा एक खर्ब ५३ अर्ब ८० करोड ६३ लाख २१ हजार बराबरका सामान आयात भएका थिए।  

यो नाका हुँदै चालु आवको तीन महिनामा वीरगञ्जबाट सात अर्ब ७६ करोड ३० लाख ५२ हजार मूल्य बराबरका उत्पादन विदेश निर्यात भएका छन्। गत आवको सोही अवधिमा आठ अर्ब ४६ करोड ७४ लाख ३४ हजार मूल्य बराबरका सामान निर्यात भएका थिए। रासस


प्रकाशित : बिहीबार , कात्तिक २२ २०८११०:३३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend