बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले एक खर्ब तरलता खिच्दै

बुधबार, कात्तिक २१ २०८१
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले एक खर्ब तरलता खिच्दै

काठमाडौं- नेपाल राष्ट्र बैंकले २१ दिने निक्षेप संकलन उपकरणमार्फत एक खर्ब तरलता प्रशोचन गर्ने भएको छ। आज दिउँसो ३ बजेसम्म बैंक वित्तीय संस्थाहरूले बोलकबोलमा सहभागी हुन पाउने राष्ट्र बेंकले जनाएको छ। 

बैंकिङ प्रणालीमा करिब ७ खर्ब ७० अर्ब रुपैयाँ अधिक तरलता भएपछि राष्ट्र बैंकले एक खर्ब रुपैयाँ प्रणालीबाट खिच्न लागेको हो। बैंक वित्तीय संस्थाहरूले स्थायी निक्षेप सुविधामा करिब २ खर्ब ८१ अर्ब रुपैयाँ निक्षेप जम्मा गरेका छन्। 

पछिल्लो समय कर्जाको ब्याजदर घटेर एकल अंकमा आएपनि कर्जा प्रवाह बढ्न सकेको छैन। कर्जाको माग नभएकाले राष्ट्र बैंकले ठूलो मात्रामा तरलता स्थायी निक्षेप सुविधा र निक्षेप संकलन उपकरणमार्फत खिचिरहेको छ। 

राष्ट्र बैंकले ब्याजदर कोरिडोरको माथिल्लो सीमा ६.५ प्रतिशत, नीतिगत दर ५ प्रतिशत र निक्षेप संकलन दर ३ प्रतिशत कायम गरेको छ।

साधारण बचतको ब्याजदर ३ प्रतिशतभन्दा तल आउन नदिने गरी राष्ट्र बैंकले प्रणालीबाट तरलता प्रशोचन गरिरहेको छ। हाल बैंक वित्तीय संस्थाहरूको अन्तरबैंक ब्याजदर २.७० प्रतिशत कायम भएको छ।

अर्थतन्त्र चलायमान नहुँदा राष्ट्र बैंकको नीतिगत लचकताले पनि गरेन काम, बैंकहरूको पुँजीकोषमाथिको दबाब कायमै अर्थतन्त्र चलायमान नहुँदा राष्ट्र बैंकको नीतिगत लचकताले पनि गरेन काम, बैंकहरूको पुँजीकोषमाथिको दबाब कायमै


प्रकाशित : बुधबार, कात्तिक २१ २०८१११:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend