शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

ग्लोबल आईएमई बैंकका ग्राहकलाई यती एयरलाइन्सको टिकट खरिदमा क्यासब्याक अफर

बुधबार, कात्तिक २१ २०८१
ग्लोबल आईएमई बैंकका ग्राहकलाई यती एयरलाइन्सको टिकट खरिदमा क्यासब्याक अफर

ग्राहकहरुले यो प्रोमो कोड ३ पटकसम्म प्रयोग गर्न सक्नेछन्। यो क्यासब्याक योजना नोभेम्बर २९ सम्म रहने छ।

काठमाडौं- ग्लोबल आईएमई बैंक लिमिटेडका ग्राहकहरुका लागि यती एयरलाइन्सको टिकट खरिदमा निश्चित क्यासब्याक अफर योजना सार्वजनिक भएको छ। 

उक्त क्यासब्याक अफर योजनाअनुसार ग्लोबल आईएमई बैंकको मोबाइल बैंकिङ 'ग्लोबल स्मार्ट प्लस' प्रयोगकर्ताहरुले यती एयरलाइन्सको हवाई टिकटको खरिदमा निश्चित ५ सय रूपैयाँ क्यासब्याक पाउनेछन्। 

बैंकका ग्राहकहरु तथा ग्राहक परिवारका सदस्यहरुले ग्लोबल स्मार्ट प्लसबाट यती एयरलाइन्सको टिकट बुक गर्दा/काट्दा 'फ्लाइ यती' प्रोमो कोड प्रयोग गरी ५ सय रूपैयाँ क्यासब्याक पाउने बैंकले जनाएको छ।

ग्राहकहरुले यो प्रोमो कोड ३ पटकसम्म प्रयोग गर्न सक्नेछन्। यो क्यासब्याक योजना नोभेम्बर २९ सम्म रहने छ।

मुलुकको ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको ग्लोबल आईएमई बैंकले आफ्नो ३ सय ५४ शाखा कार्यालय, ३ सय ८४ एटीएम, २ सय ५५ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १ सयभन्दा बढी सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आइरहेको छ।

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायत अन्य देशहरूबाट रेमिट्यान्स पनि भित्र्याउँदै आएको जनाएको छ।


प्रकाशित : बुधबार, कात्तिक २१ २०८१११:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend