शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

प्रतितोला तीनसय रूपैयाँले बढ्यो सुनको मूल्य

बुधबार, कात्तिक २१ २०८१
प्रतितोला तीनसय रूपैयाँले बढ्यो सुनको मूल्य

बुधबार सुनको मूल्य प्रतितोला तीनसय रूपैयाँले वृद्धि हुँदा चाँदीको मूल्य भने प्रतितोला १५ रूपैयाँले सस्तिएको छ।

काठमाडौं- नेपाली बजारमा लगातार बढिरहेको सुनको मूल्य एकदिनको गिरावटपछि पुन: उकालो लागेको छ।

यो साता मंगलबार दुई हजार ८ सय रूपैयाँले घटेको सुनको मूल्य बुधबार पुन: प्रतितोला तीनसय रूपैयाँले वृद्धि भएको हो।

मंगलबार प्रतितोला एक लाख ६८ हजार दुईसय रूपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबारका लागि प्रतितोला एक लाख ६८ हजार पाँचसय रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसअघि गएको साता बिहीबार सुन हालसम्मकै उच्च प्रतितोला एक लाख ७१ हजार रूपैयाँ पुगेको थियो। तिहारपछिको पहिलो कारोबारमा सुनको मूल्यमा भारी गिरावट आएकोमा बुधबार पुन:वृद्धितर्फ लागेको हो।

चाँदीको मूल्य भने बुधबार पनि प्रतितोला १५ रूपैयाँले घटेको छ।

महासंघका अनुसार मंगलबार प्रतितोला ६० रूपैयाँले ओरालो लाग्दै प्रतितोला दुई हजार ३० रूपैयाँमा कारोबार भएको चाँदी बुधबार प्रतितोला दुई हजार १५ रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : बुधबार, कात्तिक २१ २०८११०:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend