शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

रास्वपा सभापति लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अदालतको अनुमति

images
मंगलबार, कात्तिक २० २०८१
images
रास्वपा सभापति लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अदालतको अनुमति

जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले हिरासतमा राखेर थप अनुसन्धान गर्न अनुमति दिएको सूचना अधिकारीले बताए।

images
images

कास्की- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राखेर अनुसन्धानका लागि कास्की जिल्ला अदालतले आज अनुमति दिएको छ।

images
images
images

सहकारी ठगी अभियोगमा यही कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई कात्तिक १५ गतेदेखि लागु हुनेगरी तेस्रोपटक १० दिनको म्याद थप गरिएको जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए।

images
images

यसअघि गत कात्तिक १४ गतेसम्मको म्याद रहेकामा तिहार बिदाका कारण अदालत बन्द भएकाले तिहारको बिदापछि लामिछानेलाई आज अदालतमा पेश गरिएको थियो।

images
images

जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले हिरासतमा राखेर थप अनुसन्धान गर्न अनुमति दिएको सूचना अधिकारीले बताए।

सभापति लामिछानेलाई कात्तिक ४ गते पहिलोपटक अदालत उपस्थित गराइएको थियो। रासस


प्रकाशित : मंगलबार, कात्तिक २० २०८११७:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend