बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

११.११ अभियानको लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता

images
मंगलबार, कात्तिक २० २०८१
images
images
११.११ अभियानको लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता

यस्तै क्रेडिट कार्डमार्फत अग्रिम भुक्तानीमा २० प्रतिशत वा अधिकतम २ हजार ५ सय रूपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन्।

images
images

काठमाडौं- सिटिजन्स बैंक र अनलाइन बजार दराज केयमु प्रालिबीच बैंकका कार्डबाहक ग्राहकहरुलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको छ। यो योजना कार्तिक २६ गतेदेखि लागु हुनेछ। 

images
images

सिटिजन्स बैंकमा खाता रहेका ग्राहकहरुले दराजद्वारा ११.११ को अवधिमा अनलाइन सामान खरिद गर्दा डेबिट कार्डमार्फत अग्रिम भुक्तानीमा १५ प्रतिशत वा अधिकतम २ हजार रूपैयाँसम्मको छुट पाउनेछन्।

images
images

यस्तै क्रेडिट कार्डमार्फत अग्रिम भुक्तानीमा २० प्रतिशत वा अधिकतम २ हजार ५ सय रूपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन्। यो योजना सीमित अवधिको लागि मात्र लागु हुने बैंकले जनाएको छ।

images
images

बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको पनि जनाएको छ। 

सिटिजन्स बैंकले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १ सय ९७ वटा शाखा, १ सय ६२ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाइहरु बाट १८ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ।


प्रकाशित : मंगलबार, कात्तिक २० २०८११६:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend