शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

११.११ अभियानको लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता

मंगलबार, कात्तिक २० २०८१
११.११ अभियानको लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता

यस्तै क्रेडिट कार्डमार्फत अग्रिम भुक्तानीमा २० प्रतिशत वा अधिकतम २ हजार ५ सय रूपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन्।

काठमाडौं- सिटिजन्स बैंक र अनलाइन बजार दराज केयमु प्रालिबीच बैंकका कार्डबाहक ग्राहकहरुलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको छ। यो योजना कार्तिक २६ गतेदेखि लागु हुनेछ। 

सिटिजन्स बैंकमा खाता रहेका ग्राहकहरुले दराजद्वारा ११.११ को अवधिमा अनलाइन सामान खरिद गर्दा डेबिट कार्डमार्फत अग्रिम भुक्तानीमा १५ प्रतिशत वा अधिकतम २ हजार रूपैयाँसम्मको छुट पाउनेछन्।

यस्तै क्रेडिट कार्डमार्फत अग्रिम भुक्तानीमा २० प्रतिशत वा अधिकतम २ हजार ५ सय रूपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन्। यो योजना सीमित अवधिको लागि मात्र लागु हुने बैंकले जनाएको छ।

बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको पनि जनाएको छ। 

सिटिजन्स बैंकले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १ सय ९७ वटा शाखा, १ सय ६२ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाइहरु बाट १८ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ।


प्रकाशित : मंगलबार, कात्तिक २० २०८११६:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend