काठमाडौं- सन् २०२४ को १० महिनामा ९ लाख ४१ हजार ३२ जना विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन्।
गतवर्ष १० महिनामा ८ लाख ९ हजार ६ सय ७८ पर्यटक भित्रिएका थिए। सन् २०२३ मा भन्दा सन् २०२४ मा १ लाख ३१ हजार ३ सय ५४ पर्यटक बढी भित्रिएका छन्। गतवर्षभन्दा १४ प्रतिशतले पर्यटक आगमन बढेको छ।
सरकारले सन् २०२४ मा १२ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ। २०२४ को अक्टोबर महिनामा मात्रै १ लाख २४ हजार ३ सय ९३ पर्यटक भित्रिएका छन्। सन् २०२३ मा अक्टोबर महिनामा १ लाख १७ हजार ३ सय ६ पर्यटक नेपाल भित्रिएका थिए।
सन् २०२४ को अक्टोबरमा नेपाल भ्रमणमा आएका पर्यटक २०१९ को भन्दा कम हो। २०१९ को अक्टोबरमा १ लाख ३४ हजार ९६ पर्यटक नेपाल भ्रमणमा आएका थिए।
सन् २०२४ को अक्टोबरमा भारतबाट सबैभन्दा बढी १६ हजार ३ सय १३ पर्यटक नेपाल भ्रमणमा आएका छन्।
यसैगरी अमेरिकाबाट १६ हजार २३ जना, चीनबाट ७ हजार ७ सय ५०, अष्ट्रेलियाबाट ६ हजार ९ सय २९ र जर्मनीबाट ६ हजार १८ जना पर्यटक नेपाल भ्रमणमा आएका छन्।