शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

प्रतितोला दुई हजार ८ सय रूपैयाँले घट्यो सुनको मूल्य

मंगलबार, कात्तिक २० २०८१
प्रतितोला दुई हजार ८ सय रूपैयाँले घट्यो सुनको मूल्य

मंगलबार सुनको मूल्य प्रतितोला दुई हजार ८ सय रूपैयाँले घट्दा चाँदी पनि प्रतितोला ६० रूपैयाँले सस्तिएको छ।

काठमाडौं- मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई हजार ८ सय रूपैयाँले घटेको छ।

मंगलबारका लागि सुनको मूल्य प्रतितोला एक लाख ६८ हजार दुईसय रूपैयाँ तोकिएको छ।

यसअघि गएको साता बिहीबार सुन हालसम्मकै उच्च प्रतितोला एक लाख ७१ हजार रूपैयाँ पुगेको थियो। तिहारपछिको पहिलो कारोबारमा सुनको मूल्यमा भारी गिरावट आएको हो।

चाँदीको मूल्यमा पनि मंगलबार प्रतितोला ६० रूपैयाँले गिरावट आएको छ। 

मंगलबार चाँदी प्रतितोला दुई हजार ३० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।


प्रकाशित : मंगलबार, कात्तिक २० २०८१११:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend