शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

वारेन बफेटले एप्पलको २५ प्रतिशत सेयर बिक्री गरेर राखे ३ खर्ब २५ अर्ब डलर क्यास रिजर्भ

images
मंगलबार, कात्तिक २० २०८१
images
वारेन बफेटले एप्पलको २५ प्रतिशत सेयर बिक्री गरेर राखे ३ खर्ब २५ अर्ब डलर क्यास रिजर्भ

उनले यति ठूलो मात्रामा सेयर बिक्री गरेर नगद लिएर बसेपछि अमेरिकी सेयर बजारमा संकट आउन सक्ने अनुमानहरू पनि भइरहेको छ।

images
images

काठमाडौं- अमेरिकी अर्बपति वारेन बफेटले एप्पल र बैंक अफ अमेरिकाको सेयर ठूलो मात्रामा बिक्री गरेका छन्। उक्त कम्पनीहरूको सेयर बिक्री गरेर बफेटले अमेरिकी चुनावको मुखमा ३ खर्ब २५ अर्ब डलर क्यास रिजर्भ लिएर बसेका छन्। 

images
images
images

वारेन बफेटको कम्पनी बकशायर हाथवेले एप्पलको करिब २५ प्रतिशत सेयर बिक्री गरेको द इकोनोमिस्टले लेखेको छ। अमेरिकामा भइरहेको चुनावमा बफेटले पूर्वराष्ट्रपति डोनाल्ड ड्रम्पलाई सहयोग गरिरहेका छन्। 

images
images

उनले यति ठूलो मात्रामा सेयर बिक्री गरेर नगद लिएर बसेपछि अमेरिकी सेयर बजारमा संकट आउन सक्ने अनुमानहरू पनि भइरहेको छ। 
 
बर्कशायरले दोस्रो त्रैमासमा आईफोन निर्माणमा ठूलो लगानी कटौती गर्दै तेस्रो त्रैमासमा आएर एप्पलको धेरै सेयर बेचेको हो। बर्कशायर हाथवेको एप्पलमा १ खर्ब ७४ अर्ब डलर लगानी रहेकोमा ६९ अर्ब ९० करोड बराबरको सेयर बिक्री गरेको छ।

images
images

यति ठूलो मात्रामा सेयर बिक्री गरेसँगै अर्को त्रैमासमा बकशायर हाथवेको मुनाफामा वृद्धि हुने अनुमान गरिएको छ। बफेटले लामो समयदेखि लगानीकर्ताहरूलाई बर्कशायरको सञ्चालन आम्दानीमा बढी ध्यान दिन आग्रह गर्दै आएका थिए। अहिले बिक्री गरेको सेयरबाट बर्कशायर हाथवेको सञ्चालन आम्दानी करिब ६ प्रतिशतले बढ्ने बताइएको छ। 


प्रकाशित : मंगलबार, कात्तिक २० २०८१११:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend