बिहीबार , मंसिर २७ गते २०८१    
images
images

आँबुखैरेनीको लघुउद्यमी महिला समूहद्वारा दसैँतिहारमा चार लाख रुपैयाँको फूल बिक्री

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, कात्तिक २० २०८१
images
images
आँबुखैरेनीको लघुउद्यमी महिला समूहद्वारा दसैँतिहारमा चार लाख रुपैयाँको फूल बिक्री

गाउँपालिकाले महिलाको आयआर्जन वृद्धि गर्दै पालिकालाई फूलखेतीमा आत्मनिर्भर बनाउन ८५ प्रतिशत अनुदानमा बिउ उपलब्ध गराएपछि महिलाहरु फूलखेतीतर्फ आकर्षित भएका हुन्।

images
images

तनहुँ- आँबुखैरेनी गाउँपालिका-१ स्थित सयपत्री याञ्चोकटार लघुउद्यमी महिला समूहले दसैँ र तिहारमा चार लाख रुपैयाँभन्दा बढीको फूल बिक्री गरेको छ। गाउँपालिका मातहतबाट पहिलो र दोस्रो चरणमा गरी उक्त मूल्य बराबरको फूल बिक्री गरेको हो। 

images
images
images

समूहले प्रतिकिलो तीन सय ५० र प्रतिमाला एक सयमा बिक्री गरेको जनाएको छ। उत्पादित फूल स्थानीय बजारका साथै पोखरामा बिक्री गरिएको समूहकी अध्यक्ष सुन्तली गुरुङले जानकारी दिइन्। उनका अनुसार तेस्रो र चौथो चरणको फूल छठ, एकादशी र मङ्सिरमा हुने बिहेबारीलगायत अवसरमा बिक्री गर्नेगरी तयारी भइरहेको छ।

images

समूहमा आबद्ध ७० जना महिलाले ४० रोपनी क्षेत्रफलमा ४० हजार सयपत्री फूलका बिरुवा लगाएका अध्यक्ष गुरुङले बताइन्। गाउँपालिकाले महिलाको आयआर्जन वृद्धि गर्दै पालिकालाई फूलखेतीमा आत्मनिर्भर बनाउन ८५ प्रतिशत अनुदानमा बिउ उपलब्ध गराएपछि महिलाहरु फूलखेतीतर्फ आकर्षित भएका हुन्। 

images

तेस्रो र चौथो टिपाइका लागि सुक्ष्म खाद्यतत्व प्रयोग गर्ने योजना रहेको गाउँपालिका कृषि शाखा प्रमुख सन्तोष केसीले बताए। पालिकाले उत्पादित फूलको बजारीकरणमा समन्वय गर्दै आएको भन्दै आगामी वर्षदेखि अनुगमन र निगरानी पनि गर्ने उनले जानकारी दिए। 

केसीले भने, 'समूहका महिला फूल उत्पादन र बिक्री गर्न सक्षम भइसकेका छन्। यसलाई व्यावसायिक बनाउन पालिकाले अनुगमन गरी थप योजना बनाउँदै जानेछ।' यहाँ उत्पादित फूल र माला आकर्षक भएकाले बाहिरबाट निर्यात फूलले प्रतिस्पर्धा गर्न नसकेको बताए।

कृषि शाखा प्रमुख केसीले अन्य जिल्लाबाट पनि माग बढी भएकाले सोअनुसार फूल र माला उपलब्ध गराउन नसकिएको बताए। यस वर्षको पहिलो चरणमा ‘ए ग्रेड’को तीन सय सयपत्री माला कतार निर्यात गरिएको जनाए। उनले भने, 'प्रतिमाला आधा किलो तौलको थियो। गत वर्ष रु दुई लाख ५० हजारको  फूल र माला बिक्री गरेका थियौँ।'

आँधीमूल र याञ्चोक महिला समूह एक भई याञ्चोकटार लघुउद्यमी महिला समूह बनेसँगै यस वर्षदेखि सामूहिक रुपमा फूलखेती थालेका हुन्। केसीले भने, 'महिला समूहले उत्पादन गरेका फूलको बजार व्यवस्थापनमा गाउँपालिका कार्यालयले सहजीकरण गर्दै आएको छ।' 

महिलालाई सशक्तीकरण बनाउने उद्देश्यले फूलखेतीलाई प्राथामिकता राखी अनुदानसहित प्राविधिक र बजारीकरणमा सहयोग गरिएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले बताए। 'यसले महिला आर्थिक रुपले सक्षम हुनुका साथै पालिकालाई सयपत्री फूलमा आत्मनिर्भर बनाउन सहयोग पुगेको छ', उनले भने। रासस


प्रकाशित : मंगलबार, कात्तिक २० २०८१११:०७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend