सोमबार, मंसिर १७ गते २०८१    
images
images

बिपी राजमार्गमा रातिको समयमा यातायात सञ्चालनमा रोक कायमै

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, कात्तिक २० २०८१
images
images
बिपी राजमार्गमा रातिको समयमा यातायात सञ्चालनमा रोक कायमै

सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशका अनुसार अस्थायी रुपमा निर्माण गरिएको सडकमा पहिरो आउन सक्ने भएकाले तत्कालै खोल्ने अवस्था नरहेको हो।

images
images

काठमाडौं- गत असोज दोस्रो साता बाढीपहहिरोका कारण क्षतिग्रस्त भएर अस्थायी रुपमा एकतर्फि सञ्चालनमा ल्याइएको बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि सिन्धुलीको वर्षे खोलासम्मको सडकखण्डमा लगाइएको रोक कायमै राखिएको छ। 

images
images
images

उक्त सडकखण्डमा जोखिमका कारण गत असोज ३० गतेदेखि राति १० घण्टा यातायात सञ्चालनमा लगाइएको रोक कायमै राखिएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ। 

images

सुक्खा पहिरो जान सक्ने भएकाले रातिको समयमा यातायात सञ्चालनमा कार्यालयद्वारा रोक लगाइँदै आइएको हो। सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशका अनुसार अस्थायी रुपमा निर्माण गरिएको सडकमा पहिरो आउन सक्ने भएकाले तत्कालै खोल्ने अवस्था नरहेको हो।

images

करिब आठ किलोमिटर उक्त सडकखण्डका विभिन्न स्थानमा सडक नै बगाएका कारण खोलामा कतै एकतर्फ, कतै दुईतर्फि यातायात सञ्चालन हुने गरी अस्थायी सडक निर्माण गरिएको छ। 

कार्यालयले उक्त सडकखण्डमा ट्रयाक मर्मत/सुधार कार्य गरी यात्रा थप सरल तथा सुरक्षित बनाउने कार्य गर्नुपरेकाले पनि साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म यातायात सञ्चालनमा रोक लगाउँदै आएको जनाएको हो। असोज अन्तिम सातादेखि वैकल्पिक ट्रयाक निर्माण गरेर उक्त रुटमा परमिट भएका यात्रुवहाक वस र साना सवारीसाधन सञ्चालनमा ल्याइएको थियो। 

पूर्वी नेपाल जोड्ने छोटो दुरिका रुपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौँ यातायातका साधान आउजाउ गर्छन्। बाढीपहिराले राजमार्गको कुल एक सय ६० किमीमध्ये तेस्रो खण्डअन्तर्गत सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किमी र चौथोखण्ड नेपालथोकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किमी गरी ८४ किमी सडकको विभिन्न स्थानमा बढी क्षति पुर्‍याएको कार्यालयले जनाएको छ। 


प्रकाशित : मंगलबार, कात्तिक २० २०८११०:५२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend