शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

सहकारीहरूको ऋण तिर्न ऋणीलाई सहकारी विभागको निर्देशन, कानूनअनुसार असुल गर्ने चेतावनी

images
मंगलबार, कात्तिक २० २०८१
images
सहकारीहरूको ऋण तिर्न  ऋणीलाई सहकारी विभागको निर्देशन, कानूनअनुसार असुल गर्ने चेतावनी

सहकारी संस्थाका ऋणी सदस्यहरूलाई संस्थाको ऋण भुक्तानी गर्न, नत्र कानूनी कारबाही भोग्न तयार रहन संघीय सहकारी विभागले चेतावनीको सूचना जारी गरेको छ।

images
images

काठमाडौ- सहकारी संस्थाका ऋणी सदस्यहरूलाई संस्थाको ऋण भुक्तानी गर्न, नभए कानूनी कारबाही भोग्न तयार रहन संघीय सहकारी विभागले चेतावनी दिएको छ।

images
images
images

सहकारीहरूको ऋण असुली नहुँदा संस्थाहरू समस्यामा पर्ने र बचत फिर्ताका लागि समेत अप्ठ्यारो पर्न थालेको भन्दै विभागले ऋण तिर्न सूचना जारी गरेको हो। 

images
images

‘ऋणी सदस्यहरूले तोकिएको समयभित्र ऋणको सावाँ तथा ब्याज चुक्ता नगर्दा संस्थाहरूमा तरलताको समस्या भई सदस्यहरूको बचत फिर्ता गर्न नसकेको गुनासो आइरहेको छ,’ विभागले निर्देशनमा भनेको छ।

images
images

विभागले जुन सम्झौता वा सर्त बमोजिम ऋण लिएको हो, सोही बमोजिम ऋणको सावाँ, ब्याज लगायत रकम सम्बन्धित सहकारी संस्थामा समयमै भुक्तान गर्न विभागले सूचना जारी गरेको हो।

साथै सहकारी संस्थालाई समेत सहकारी ऐन, २०७४ को दफा ७९ तथा सहकारी नियमावली, २०७५ को नियम ३० बमोजिम ऋण तथा बाँकी बक्यौता असुली गर्ने सम्बन्धी व्यवस्था लगायत प्रचलित कानूनी प्रावधानको पूर्ण परिपालना गरी आफ्ना सदस्यको ऋण तथा बक्यौता असुली गर्नेतर्फ थप क्रियाशील रहन विभागले निर्देशन दिएको छ।


प्रकाशित : मंगलबार, कात्तिक २० २०८११०:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend