शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

प्रारम्भ भएका परियोजना क्रमागत रूपमा सम्पन्न गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

images
आइतबार, कात्तिक १८ २०८१
images
प्रारम्भ भएका परियोजना क्रमागत रूपमा सम्पन्न गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट थाइ एयर एसियाले आजदेखि ब्याङ्कक–भैरहवा उडान प्रारम्भ गरेको सन्दर्भमा प्रधानमन्त्रीले उक्त आशयको अभिव्यक्ति सामाजिक सञ्जालमा व्यक्त गर्नुभएको हो।

images
images

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको विकासलाई केन्द्रमा राखेर प्रारम्भ भएका पूर्वाधार निर्माणका परियोजनालाई  क्रमागत रूपमा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। 

images
images
images

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट थाइ एयर एसियाले आजदेखि ब्याङ्कक–भैरहवा उडान प्रारम्भ गरेको सन्दर्भमा प्रधानमन्त्रीले उक्त आशयको अभिव्यक्ति सामाजिक सञ्जालमा व्यक्त गरेका हुन्। 

images
images

सामाजिक सञ्जाल फेसबुकमा एयर एसियाको विमानलाई पानीको फोहराले स्वागत गरिएको ३७ सेकेण्डको भिडियो साझा गर्दै उनले भने, 'भैरहवा विमानस्थलबाट अन्तरराष्ट्रिय उडान सुरु भएको छ। थालेका कामहरूलाई क्रमैसँग सम्पन्न गर्नेतर्फ हामीले ध्यान दिइरहेका छौँ।'

images
images

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आगामी शनिबारदेखि उक्त वायुसेवाले हरेक साता सोमबार र बिहीबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्नेछ। 


प्रकाशित : आइतबार, कात्तिक १८ २०८११३:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend