शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

पटका पड्काउँदा कलैयामा एक बालक घाइते

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, कात्तिक १६ २०८१
images
पटका पड्काउँदा कलैयामा एक बालक घाइते

सरकारले प्रतिबन्ध लगाएकाे विष्फोटक पदार्थकाे स्थानीय बजारमा सहज उपलब्धता भएपछि बालबालिका अभिभावककाे आँखा छलेर पटका किनेर पड्काउन थालेकाे स्थानीयले बताएका छन्।

images
images

वीरगञ्ज- दिपावलीमा असावधानीवश पटका पड्काउने क्रममा बाराकाे कलैया उपमहानगरपालिकामा एक बालक घाइते भएका छन्।

images
images
images

आफ्नै घरअगाडि पटका पडकाउने क्रममा कलैया उपमहानगरपालिका वडा नं. १६ उत्तरझिटकैया टाेल निवासी सराेज साह कानुका १० वर्षीय छाेरा साजन कुमार साह घाइते भएका हुन्। साजन शुक्रबार बिहान १० बजे घाइते भएकाे स्थानीय केशव पटेलले जानकारी दिए। स्थानीय कन्तु यादवले पटका नपड्काऊ चाेटपटक लाग्छ भनि सम्झाउँदा पनि अटेरी गरेको उनले बताए।

images
images

बाल एकता बाेर्डिङ स्कुल कलैयामा अध्यनरत विद्यार्थी साजनकाे आँखामा पटकाकाे बारुद लागेकाे र आगाेकाे झिल्काले अनुहारकाे विभिन्न भागमा जलेकाे नेरा निमावि उत्तरझिटकैयाका व्यवस्थापन समिति सदस्यसमेत रहेका केशवले जानकारी दिए। अभिभावकले पनि पटका पड्काउने बालबालिकाकाे निगरानी नगर्दा यस्तो घटना हुन गएकाे पटेलकाे बुझाइ छ।

images
images

सरकारले प्रतिबन्ध लगाएकाे विष्फोटक पदार्थकाे स्थानीय बजारमा सहज उपलब्धता भएपछि बालबालिका अभिभावककाे आँखा छलेर पटका किनेर पड्काउन थालेकाे स्थानीयले बताएका छन्।

पटकाले निम्त्याउने दुर्घटनाबाट बालबालिकालाई सुरक्षित राख्न अभिभावकसहित समाजका सबै सचेत हुनुपर्ने देखिन्छ।


प्रकाशित : शुक्रबार, कात्तिक १६ २०८१११:०८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend