शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

चोभार फलफूल तथा पुष्प बजार निर्माणमा लापरबाही, निर्माण सम्झौता भएको ८ वर्षपछि ठेक्का रद्द

images
शुक्रबार, कात्तिक १६ २०८१
images
चोभार फलफूल तथा पुष्प बजार निर्माणमा लापरबाही, निर्माण सम्झौता भएको ८ वर्षपछि ठेक्का रद्द
images
images

काठमाडौं- कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चोभार फलफूल तथा पुष्प बजार निर्माणमा लापरबाही भएको भन्दै निर्माण व्यवसायीसँग गरेको ठेक्का सम्झौता रद्द गरेको छ।

images
images
images

मन्त्रालयले २०७३ साल असोजमा महादेव खिम्ति/ स्यमसुज्मान एमडी/अनक जेभीसँग बजार निर्माणका लागि दुईपक्षीय सम्झौता गरेको थियो।

images
images

तर पटक पटकको समय थपमा पनि बजार निर्माणमा कुनै प्रगति  नभएको भन्दै असोज ३१ गते कम्पनीसँग स्पष्टीकरण सोधेको थियो। अन्ततः मन्त्रालयले ठेक्का नै रद्द गरेको हो।

images
images

बजार निर्माणको विषयमा पछिल्लो वर्षहरुमा महालेखाले समेत प्रश्न उठाउँदै आएको थियो। बजार २२ रोपनी जग्गामा निर्माण थालिएको थियो।

बजारमा फलफूल तथा पुष्पसम्बन्धी थोक तथा खुद्रा पसल राख्ने सुविधासहितको ५ तलाका दुईवटा र ३ तलाको एउटा भवन निर्माण हुने गरी काम सुरु भएको थियो।

बजार निर्माणका लागि तत्कालीन समयमा विश्व बैंकले प्याक्टमार्फत ३३ करोड ७४ लाख रुपैयाँ उपलब्ध गराएको थियो।


प्रकाशित : शुक्रबार, कात्तिक १६ २०८११०:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend