शनिबार, माघ ५ गते २०८१    
शनिबार, माघ ५ २०८१
images
images

२० लाख लागतमा इच्छाकामनाले निर्माण गर्‍यो चिस्यान केन्द्र

images
शुक्रबार, कात्तिक १६ २०८१
images
images
२० लाख  लागतमा  इच्छाकामनाले निर्माण गर्‍यो चिस्यान केन्द्र

इच्छाकामना गाउँपालिकाले रु २० लाख लागतमा चिस्यान केन्द्र निर्माण गरेको छ। कृषि उपजलाई भण्डारण गर्न लागि वडा नम्बर ३ स्थित फिस्लिङमा रहेको कृषि भवनमा गाउँपालिकाले चिस्यान केन्द्र निर्माण गरेको हो ।

images
images

काठमाडौं-  इच्छाकामना गाउँपालिकाले २० लाख रुपैयाँ लागतमा चिस्यान केन्द्र निर्माण गरेको छ। कृषि उपजलाई भण्डारण गर्न लागि वडा नम्बर ३ स्थित फिस्लिङमा रहेको कृषि भवनमा गाउँपालिकाले चिस्यान केन्द्र निर्माण गरेको हो।

images
images
images

चिस्यान केन्द्र अभावमा किसानले सस्तोमा सागसब्जी तथा फलफूल बेच्नुपर्ने बाध्यताको अन्त्य गर्न गाउँपालिकाले केन्द्र निर्माण गरेको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले बताए। किसानको माग र आवश्यकताका आधारमा भविष्यमा पनि चिस्यान केन्द्र निर्माण गर्ने उनले बताए। 

images

अध्यक्ष गुरुङका अनुसार कृषिजन्य उत्पादनको सङ्कलन तथा बिक्रीका लागि कृषि भवन निर्माण गरिएको हो। उक्त भवनमा स्थानीय दुईवटा कृषि सहकारी र कृषि समूहसँग सहकार्य गरेर सागसब्जी बिक्रीको व्यवस्था मिलाइएको छ। सो स्थानमा केन्द्र निर्माण भएको हो।

images
images
images

निकट भविष्यमा सहकारीमार्फत किसानलाई बीउबिजन मल र आवश्यक औजार सुपथ मूल्यमा उपलब्ध गराइने अध्यक्ष गुरुङले बताए। कृषि भवनमा कोसेलीघर पनि सञ्चालन गरिने भएको छ। रासस


प्रकाशित : शुक्रबार, कात्तिक १६ २०८१०८:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend