शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

अहिलेसम्मकै महँगो भयो सुनको मूल्य

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , कात्तिक १५ २०८१
अहिलेसम्मकै महँगो भयो सुनको मूल्य

चाँदीको मूल्य भने तोलामा ३० रुपैयाँले घटेको छ। बुधबार प्रतितोला दुई हजार एक सय २० रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि दुई हजार ९० रुपैयाँ निर्धारण भएको छ।

काठमाडौं- सुनको मूल्य हालसम्मकै महँगो भएको छ। लगातार उकालो लागेको सुनको मूल्यमा आज बिहीबार भएको वृद्धिपछि हालसम्मकै उच्च बिन्दुमा पुगेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपालीको दोस्रो ठूलो पर्व तिहारको अवसरमा सुनको मूल्यमा उच्च वृद्धि भइ कीर्तिमान कायम गरेको छ।

बुधबार प्रतितोला दुई हजार दुई सय रुपैयाँले वृद्दि भइ एक लाख ७० हजार सात सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ७१ हजार रुपैयाँ निर्धारण भएको छ। बुधबारको तुलनामा आज प्रतितोला तीन सय रुपैयाँले वृद्धि भएको हो। 

यस्तै चाँदीको मूल्य भने तोलामा ३० रुपैयाँले घटेको छ। बुधबार प्रतितोला दुई हजार एक सय २० रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि दुई हजार ९० रुपैयाँ निर्धारण भएको छ। 


प्रकाशित : बिहीबार , कात्तिक १५ २०८११२:२४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend